इटहरीः पत्रकार महासंघ सुनसरीले ११ अाैँ स्थापना दिवसकाे अवसरमा पत्रकारका सृजना प्रस्तुत कार्यक्रमकाे अायाेजना गरेकाे छ । इटहरीकाे दुर्गा पाटी प्यालेसमा अाज भएकाे कार्यक्रममा अग्रजपत्रकारहरू कृष्ण विनाेद लम्साल, हर्ष सुब्बा, कृष्ण अधिकारीलगाएतले अाफ्ना रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रमकाे प्रमुख अतिथि रहेका प्रदेश प्रमुख डा. गाेविन्द तुम्वाहाङले पत्रकारले असल समाज निर्माण गर्न संधै झक्झक्याउनु पर्ने बताए ।
कार्यक्रमका विभिन्न पत्रकारले खिचेका तस्बिरसमेत प्रदर्शनीमा राखिएकाे थियाे । यसका साथै पुराना भइसकेका ंसंचारसँग सम्बन्धित उपकरणा पनि प्रदर्शनिमा राखिएकाे थियाे ।