काठमाडौंः नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् ।मञ्चको सुक्रबा् सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्ष रहेको१५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो । अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोक प्रसाद दाहाल, सचिव सन्दिप पौडेल, सह सचिवद्वय जीवन राज आचार्य र अभिषेक रेग्मीलाई सर्वसम्मत चयन गरेको छ।

370362734_1363218574570054_5126595922957832788_n यसै गरी सदस्यहरुमा क्रमशस् याद कुमार श्रेष्ठ, कमल सुनार, भुवन राज ढकाल, दुर्गा भण्डारी, पुष्पा साम्बा,बिमल धमाली, सफल न्यौपाने, बिनोद कुमार भुजेल,प्राण तामाङ, नारायण के भट्टराई र पासाङ शेर्पा चयन भएका छन्। सन्दिप पौडेलको सञ्चालन तथा विपिन सापकोटाकोटाको अध्यक्षतामा भएको अधिवेशमा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा भएको थियो।

एनआरएनए कतारका निबर्तमान अध्यक्ष महोम्मद मुक्तदा मुसलमान लगायत युएईका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।