इटहरीः इटहरी १६  स्थित सरस्वती जब्दी माध्यामिक विद्यालय कांग्रेसको प्रधानाध्यापक नियुक्ति गरेको भनी कार्यपालिका सदस्य प्रमोद शेर्पालाई सदस्यबाट हटाउन इटहरी १६ का वडाध्यक्ष तेज नारायण चौधरीले नेकप( एमाले)नगर कमिटीमा सिफारिस गरेको विषयलाई लिएर नेपाल अदिवासी जनजाति महासंघ इटहरीले आपत्ति जनाएको छ ।

उनलाई कार्यपालिका सदस्यबाट नहटाउन माग राख्दै सोमबार नेपाल अदिवासी जनजाति महासंघ इटहरीले  इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेललाई  ध्यानाकर्षण पत्र बुझाएको छ ।

370597541_133058866542353_520978421447529473_n

अल्पसंख्यक आदिवासी जनजाति समुदायतर्फ मनोनित कार्यपालिका सदस्य शेर्पा नेकपा ( एमाले) प्रदेश सचिवालय सदस्य समेत हुन् । उपल्लो कमिटिको नेताहरूको निर्देशनमा वडा नं १६ इटहरीको वडाध्यक्ष चौधरीलाई प्रयोग गरि कारवाहीको लागि सिफारिस गरिएको  र विद्यालयमा हुने प्रधानाध्यापकको नियुक्ति राजनैतिक भागवण्डाको लागि नभई निष्पक्ष र प्रकृयागत रूपमा योग्यता र क्षमताको आधारमा हुनु पर्ने महासंघले मेयर पौडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

370564626_698189095456622_1620547891256443223_n

सो पत्रमा बिनागल्ती कसैको राजनैतिक चरित्र हत्याहुने किसिमले कारबाहीको लागि सिफारिस गर्ने कार्यको महासंघले घोर भर्त्सना गरेको उल्लेख गरिएको छ  । नेकपा एमालेका इटहरी उपमहानगरका अध्यक्ष यामकुमार सुब्बालाई पनि सो पत्र सोमबारै बुझाउने भनिएपनि काठमाठौं गएकाले बुझाउन नसकिएको महासंघ इटहरीका अध्यक्ष चिराहाङ्ग राईले जानकारी दिए ।  सुब्बालाई फोनबाट चाँही सो पत्र बारे जानकारी दिइएकोृ र वडाध्यक्ष चौधरीले सिफारिस गरेपनि शेर्पामाथि कुनै कार्वाही नगर्न आग्रह पनि गरिएको महासंघ अध्यक्ष राईले जानकारी दिए ।