इटहरीः नेकपा माओवादी केन्द्रले इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरुमा तीन महिने संगठन निर्माण एवं विस्तार(जनतासँग माओवादी ) अभियान २०८० लाई तिब्र बनाउने भएको छ । 

सो अभियान तिब्र बनाउनका लागि इटहरी उपमहानगरपालिकाको जिम्मेवारी पाएर खटिएका पार्टीका केन्द्रिय सदस्य तथा केन्द्र बिषेश अभियान इटहरीका संयोजक हिमाल राई यतिबेला वडा वडामा खटिएका छन् । 

पार्टीको निर्देशन र निर्णय अनुसार ३ महिने अभियानलाई कसरी इटहरी उपमहानगरभरी सफलतापूर्व सम्पन्न गर्ने भन्ने बिषयमा वडा वडामा रहेका पार्टीका जिम्मेवारी पदाधिकारीहरुसँग दैनिक जसो छलपल र तयारीमा जुटेको नेकपा माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाका अध्यक्ष ज्वाला तामाङ्गले जानकारी दिए । 

पार्टीकाृ ३ महिने अभियानलाई आम समुदायसम्म पुर्याउन र पार्टीले संचालन गर्ने सगठन सुदृढीकरण, भ्रष्टाचार विरुद्धको अभियान, मिटर ब्याजी पिडितहरुलाई न्यायदिलाउने सरकारको कदमलाइ सहयोग गर्ने अभियान र भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी, तथा अब्यबस्थित वस्ती बसोवासी समस्या समाधान गर्न अभियान सन्चालन लगायतका अभियानलाई व्यापक बनाउन स्थानीय सञ्चार जगतलाई समेत सँगै लिएर अगाडि बढ्ने निर्णय पनि भएको तामाङ्गले बताए । 

इटहरी उपमहानगरभरी पार्टीले सञ्चालन गर्ने अभियानका गतिविधिहरुलाई दैनिक जसो मिडियामा कभरेज गर्नका लागि पार्टीको इटहरी उपमहानगरपालिकाकी सह सचिव शुसिला उप्रेतीको संयोजकत्वमा एक समिति निर्माण गरिएको छ । 

समितिले इटहरी बिषेश अभियान इटहरी, सुनसरी नामक फेसबुक, टिकटक आइडी लगायतका सामाजिक सञ्जालको निर्माण गरि पार्टीका आधिकारिक जानकारी, सूचना, कार्यक्रमहरु र गतिविधिहरु हाल्ने निर्णय गरिएको छ । यसको जिम्मेवारी पार्टी नगर सचिवलाई दिने निर्णय पनि गरिएको छ । 

अभियान संयोजक हिमाल राईको उपस्थितीमा भएको बैंठकले पार्टीको इटहरी कार्यालयमा संचारकर्मी अर्जुन पौडेललाई अभियान अवधिभरी समाजिक सञ्जाल र संचारक्षेत्रमा सामाग्री सम्प्रेषणका लागि जिम्मेवारी दिने निर्णय गरेको छ । 

संयोजक सुशिला उप्रेती, सदस्यहरु सेमन्त खनाल,अर्जुन पौडेल, प्रकाश बञ्जरा र सुवास खत्रीलाई इटहरी उपमहानगरका बिभिन्न वडाहरुमा प्रचार प्रसारका लागि थप जिम्मेवारी पनि बैंठकले दिइएको तामाङ्गले बताए । पार्टीको ३ महिने अभियानको उद्घाटन १६ गते गर्नका लागि तयारी तिब्र बनाइएको नगर अध्यक्ष तामाङ्गंले बताए ।