इटहरीः नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हिमाल राईले जनताको ठूलो बलिदानपछि नेपालमा राजतन्त्र फ्याकेर लोकतान्त्रिक गणतन्त्र आएपनि जनताले अनुभुति गर्ने गरि उनिहरुको चुलोमा गणतन्त्र र समावेशिता आउन नै नसकेको बताएका छन ।
जनतासँग माओवादी बिषेश रुपान्तरण अभियान अन्तरर्गत मंगलबार इटहरी उपमहानगरपालिका वडा नम्बर ७ को भेलालाई बिषेश सम्बोधन गर्दै केन्द्रिय सदस्य राईले सो कुरा बताएका हुन् ।
पार्टीको केन्द्रिय कमिटिले इटहरी उपमहानगरपालिकाको पार्टी रुपान्तरण अभियानका लागि संयोजक समेत बनाई खटाइएका नेता राईले समावेशिताका नाममा दलित, महिला, पछाडि पारिएका र मुस्लिम, आदीवासी जनजातिको कोटामा पनि सोही समुदायका अलिक हुने खानेहरु कै प्रतिनिधित्व भईरहेको बताए । अब वास्तविक उत्पीडित र गरिबलाई कोटामा स्थानीय तह, प्रदेश, संघीय संसद र राष्ट्रिय सभामा प्रतिनिधित्व गराउन जरुरी भइसकेको उनले बताए । त्यसो गरेमात्र वास्तविक जनताको चुलोमा गणतन्त्र र समावेशिता आउने उनको भनाई छ ।
उनले माओवादीकै कारण स्थानीय, प्रदेश, संघीय संसद र राष्ट्रिय सभामा अनिर्वाय ३३ प्रतिशत महिला हुनै पर्ने व्यवस्था गरिएको स्मरण गराए ।
ठूलो बलिदानीपछि नेपालमा व्यवस्था फेरी पनि अवस्था नफेरिएकाले पार्टीको नेतृत्व गर्ने नेताहरुमा फोहोर थुप्रिएकाले वहाँहरुबाटै सफाईको काम थाल्नु पर्छ भन्ने मान्यताका साथ आफुबाटै रुपान्तरणको थालनी गर्ने निर्णय अनुसार पार्टीका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले आफुभित्र भएको फोहोर आफै सफा गर्ने उद्घोष सहित पार्टी मार्फत ३ महिने जनतासँग माओवादी अभियान थालेको राईले बताए ।
राईले भने ‘सबै भन्दा फोहोर त हाम्रो पार्टीको केन्द्रिय नेताहरु मै छ । अब आफुबाटै रुपान्तरण नगरे सुःख नै छैन् ।’ पार्टीका नेताहरुले विगतमा गरेका कमिकमजोरीहरुलाई सच्याउँदै अब जनताको घर घरमा गएर पार्टीलाई नयाँ रुपमा विकास गर्ने महाअभियाना लागेको उनले स्पष्ट पारे ।
सबैभन्दा बढी फोहोर पार्टीका केन्द्रिय नेताहरुमा छ । पार्टी अध्यक्ष प्रमले आफु सुध्रिने भन्नु भएको छ ।
एमाले पार्टी होइन, एनजिओ हो । एनजिओ सबै नेताहरुले चलाएका छन् । डलर ल्याएका छन् । एनजिओलाई भोट दिने कुरा आएन ।
उनले एमाले जस्तो कमिशन लिएर एनजिओ चलाउने पार्टी माओवादी केन्द्र नभएको बताए । उनले पार्टी प्रति जनताहरु आजित भएको बताए । पार्टी भन्ने वित्तिकै जनतामा एलर्जी नै भईसकेको अवस्था छ । त्यसमापनि एनजिओमा रुपमा चलाइएको एमालेलाई मतदान गर्ने कुरा नि भएन , त्यही भएर नयाँ ढंगका साथ वास्तविक जनताहरुका लागि सहि ढंगबाट कार्य गर्नका लागि फेरी जनताहरुमै फर्कनुपर्छ भन्ने निश्कर्षका साथ इटहरी उपमहानगरभरी अभियानलाई तिब्र पारिएको राईले बताए ।
माओवादी केन्द्र इटहरी उपमहानगरपालिकाका अध्यक्ष ज्वाला तामाङ्गका अनुसार मंगलबार मात्रै राईको उपस्थितीमा इटहरीको वडा नम्बर ४ र ५ मा पनि बिषेश अभियानको भेला कार्यक्रम सम्पन्न गरिएको छ ।
त्यसैगरि इटहरी वडा नम्बर १० मा पनि अभियान अन्तरगत सुरेश राईको सहभागीतामा भेला सकिएको सो वडाको प्रचार प्रसारको जिम्मेवारी पाएका राजकुमार राईले जानकारी दिए ।
अभियानका इटहरी उपमहानगरका पार्टीका वडा नेता, कार्यकर्ता र आम वडाबासीहरु उत्सुकताका साथ सहभागी भईरहेको उनले जानकारी दिए । इटहरीमा सो अभियानको यहि १६ गते भब्यरुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
जनतासँग माओवादी बिषेश रुपान्तरण अभियानलाई आम नगरवासीमा लैजानका लागि प्रचार प्रसारका बिभिन्न कार्यहरुलाई पनि तिब्रता दिइएको माओवादी केन्द्र इटहरी उपमहानगरकी सह सचिव एवं अभियानकी प्रचार संयोजक शुसिला उप्रेतीले जानकारी दिइन ।