इटहरीः सुनसरीको रामधुनी नगरपालिकाको झुम्कादेखि बराहक्षेत्र नगरपालिकाको चतरा बजारसम्म जाने सडक सम्बन्धित निकायको वेवास्था कारण पूर्ण रुपमा जीर्ण बनेको छ । 

सडक मर्मत नगरिदा झुम्कादेखि चतरासम्मको २४ किलोमिटर सडक ठूलठूला खाल्डा पर्नुका साथै पानी जमेर सवारी साधन चलाउनै नसक्ने अवस्था सृजना भएको छ । 

सो सडकमा दैनिक रुपमा ३० वटा यात्रुबहाक बस संचालित छन् । ११ भन्दा बढी नीजि विद्यालयका बसहरु स साना बालबालिका बोकेर सोही सडकमा दौडिने गरेको चतराका पुराना बस व्यवसायी किशोर ताम्राकारले बताए । 

उनका अनुसार ठूलो जोखिम मोलेर भगवना भरोसामा यात्रु बहाक बसहरु चालउनु पर्ने बाध्यता आएको छ । 

सुनसरी मोरङ्ग सिंचाई आयोजनाको मातहतमा रहेको चतरा झुम्का नहरको सो सडक मर्मतमा सो आयोजनाले वेवास्था गरेको बर्षौ भएको ताम्राकारले बताए । जिल्ला विकास समिति हुँदा सो सडकमा जिविसले नै ठेक्का लगाई कर उठाउने र बर्षेनी मर्मत गर्दै आएको ताम्राकारले बताए । तर जिविस खारेज भई जिल्ला समन्वय समिति भएपछि दुई नगरपालिकाले सडकलाई वेवास्था गरेकाले कर समेत नउठाउनुका साथै मर्मतको काम पनि नगरिएको उनको भनाई छ । 

372233662_1360370354822983_8638949577365540075_n

ताम्राकारले भने–‘व्यवसायीको तर्फबाट धेरै पटक बराहक्षेत्रका मेयर रमेश कार्की र रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीलाई सडक मर्मतका लागि कुरा राख्दा सुनेको नसुने झै गर्नुभयो ।’

बराहक्षेत्रको प्रसिद्ध तीर्थस्थल, चतरा धाम, बराहक्षेत्र धाम, रामधुनी नगरपालिकाको रामधुनी मन्दिर जाने तीर्थयात्रीहरुले पनि सहि सडक प्रयोग गर्दै आएको उनले बताए । त्यही मात्रै नभई उदयपुरका पर्यटकिय तथा धार्मिक स्थल पनि यहि सडक हुँदै तीर्थयात्रीहरु जने गरेका छन् । तर, पनि दुई नगरपालिकाले वास्था नगरेको ताम्राकारको आरोप छ । 

ताम्राकारका अनुसार दुई नगरपालिकाका मेयरलाई सडकको अवस्थाका बारेमा कुरा राख्दा राख्दा आजित भएपछि मंगलबार सो सडकका केही स्थान बस धनी तथा मजदुर आफै हात बेल्चा  र गोदालो बोकेर सडकमा परेका ठूला ठूला खाल्डामा जमेको पानी कटाउन खटिएका छन् । 

371012602_1042420777128463_2440251357993015717_n

मंगलबार १० जनाको टोलीले खाल्डामा जमेका पानी कटाई केही स्थानमा सडक छेउछाउबाट केही मात्रामा गिट्ी र माटो काटेर पुर्ने काम गरेको उनले बताए । खोलाबाट गिट्टी र बालुवा निकाल्न प्रतिबन्ध लगाइएकाले पनि ठूलठूला खाल्डा पुर्न समस्या भएको उनले बताए । दुवै नगरपालिकाले चाहेमा स्टक राखिएका गिट्टी बालुवा र माटो ल्याएर मर्मत गर्न सकिने उनले बताए । सडकको अवस्था हेर्दा साईकल समेत कुदाउन सकिने अवस्था नगरेको उनले जनाए । 

उनका अनुसार सडकमा परेका ठूला ठूला खाल्डामा जमेको पानी कटाई सामान्य मर्मतको कार्य बुधबार पनि जारी नै राखिने छ । बुधबार पनि बस धनी र मजदुर सो सडकमा खटिने ताम्राकारले जानकारी दिए । 

370986498_620013480203086_7204551499067785828_n