काठमाडौंः बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको अभियोगमा कारबाही सिफारिसमा परेका पूर्व सहसहचिव प्रेमबहादुर खापुङका अन्य आर्थिक अत्याचारको पराकाष्ट खुलासा भएको छ।

यस्तो अत्याचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा अलग उजुरी परेको छ। ललिता निवास प्रकरणमा प्रहरीले पक्राउ गर्ने त्रासले अदालतबाट पहिला नै अन्तरिम आदेश लिएर बसेका उनले ससुरालीतिरको सम्पत्ति कब्जा गर्नका लागि मुद्दा मामिला गरेको पनि खुलासा भएको छ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा युनएन पार्कको सरकारी जग्गा पनि किर्ते गरेर बेचबिखन गरी करोडौं रकम कुम्ल्याएका उनीविरुद्ध अख्तियारसम्पत्ति शुद्धिकरण र सीआईबीमा परेको उजुरीको विवरण यस्तो छ।

उनलाई कारबाही गर्नका लागि सीआईबीले प्रतिवेदन तयार पारी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले संगठित अपराध र किर्तेमा मुद्दा चलाउनका लागि निर्णय गरीसकेको छ।

कहाँसम्म भने नाता नै नपर्नेलाई समेत साला बनाएर १९ करोड बराबरको जग्गा पास गराउनका लागि खापुङले षडयन्त्र गरेका थिए। ललिता निवासमा मात्र उनले पत्नी खिमादेवी आङबुहाङशशिला सुब्बा र मोहन प्रसाद भट्टराईका नाममा १९ करोड ३० लाख भन्दा बढीका दरले जग्गा पास गराएको त सीआईबीको प्रतिवेदनमा नै उल्लेख छ।

ujuri 41693303091

किराँत याक्थुम चुम्लुङ काठमाडौंमा सल्लाहकारमा रहेका उनलाई भ्रष्टाचारको अभियोग लागेपछि राजीनामा गराइएको थियो। यस्तो भ्रष्टाचारमा लिप्त व्यक्तिले सामाजिक संस्थामा नि बिग्रह ल्याउन सक्ने स्थिति देखेपछि राख्न नहुने निर्णयमा पुग्यौंएक सदस्यले भने।

खापुङको घुसीया प्रवित्तिबारे कुरा गरी साध्य नै नहुने उनका सहकर्मी र मातहतमा काम गरेका पूर्वकर्मचारी नै बताउँछन्। पैसा भनेपछि हिरिक्क गर्ने अनि सरकारी सम्पत्ति व्यक्तिका नाममा लैजानका लागि जुनसुकै निर्णय गर्न पनि पछि नपर्ने प्रवित्तिका थिएआखिर पाप धुरीबाट कराउँछ नैउनलाई चिन्नेहरू भन्छन्,‘यत्तिको भ्रष्ट र चरित्रहिन व्यक्ति अहिलेसम्म देखिएको र भेटिएको छैन।

आफन्त र परिवारभित्र त उनको योजनामा भएका मुद्दामामिला गनिसाध्य छैन। कर्मचारी रहेका बेला बनाएका साथीहरुको सहयोगका आधारमा अदालतमा मुद्दा हाल्नेजग्गा कब्जा गर्ने र अर्काको सम्पत्ति हडप्ने काममा खापुङ माहिर रहेको स्रोतले जनाएको छ। काठमाडौंदेखि झापा र ताप्लेजुङसम्म रहेका जग्गामा गिद्धे नजर लगाएका उनले मुद्दामामिला गरेका छन्।

उनलाई अख्तियारलगायतका निकायमा हालेको उजुरीमा भनिएको छ,‘सरकारी अधिकारी भएको हाँकमा उहाँले परिवारको मिलोमतोमा सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ ले कसुर मानेको घुस सम्बन्धी कसुर (एक्स्टर्सन गर्नुभएको छ।

उजुरीको विवरण माथि उल्लेख छ।

खापुङले यति मात्र गरेका छैनन्। भूतपूर्व बेलायती सेनाको पहलमा खुलेको गुर्खाज फाइनाइन्समा पनि मनोपोली र भ्रष्टाचार गरेको विवरण फेला परेको छ। ति विवरणको खोजी कार्य तिव्र छ। सिएन नेपालबाट