भोजपुरः भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा रुखले किच्दा १ जनाको ज्यान गएको छ ।
षडानन्द–४ का ६० वर्षीय दुर्गाबहादुर राईको रुखले किचेर ज्यान गएको हो । बारीमा रहेको रुद्राक्षको रुख ढाल्ने क्रममा सो रुखले राईलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि खाँदबारी अस्पताल सङ्खुवासभा लगिएको प्रहरीले जनाएको छ ।