इटहरीः उद्योग वाणिज्य संघ इटहरी महिला उद्यमी समितिको आयोजनामा इटहरीको लायन्स भवनमा भोलीबाट भदौ  १७ गतेसम्म हुने ‘महिला उद्यमशिलता प्रदर्शनी’ को तयारी पुरा भएको छ  । 

‘हाम्रै ठाँउ हाम्रै उत्पादन’ मुल नाराका साथ आयोजना हुने प्रर्दशनीमा कोशी प्रदेशका १४ जिल्लाबाटै महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको ७५ वटा स्टल रहने आयोजकको अभिभावकीय भूमिका निर्वाह गर्दै आएको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । 

पचरुकीको लायन्स क्लब भवनमा हुने प्रर्दशनीको संघीय संसदकी उपसभामुख इन्दिरा रानाले गर्ने कार्यक्रम तय भएको पराजुलीले बताए । 

उनका अनुसार प्रर्दशनी उद्घाटनकै दिन निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । शिबिरमा प्राथमिक उपचारको व्यवस्था गरिएको पराजुलीले बताए । 

प्रर्दशनीमा इलामको चिया,  ललिपप, बाँसबाट बनेका सामाग्री, हस्तकलाका सामानहरु, राडीपाखीका सामानहरु, मह लगायतका स्टल रहने छन् ।  

371793083_1487444532002689_7235319904424078282_n

त्यसैगरि नेवार र थारु लगायत समुदायका मौलिक खानाहरु तथा माया सेल रोटीको स्टल राखिने पराजुलीले जानकारी दिए । 

प्रर्दशनीमा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहने छ । प्रत्येक दिन दिउँसोको समयमा इटहरीका टोल विकास संस्थाहरुले तीज बिषेश कार्यक्रम अन्तरगत प्रतियोगिता पनि गरिने पराजुलीले बताए । 

भदौं १७ गते समापन गरिने प्रर्दशनीको अन्तिम दिन सतार जातीको सन्थाल नृत्य प्रर्दशन गरिने छ । झापाको कमल गाँउपालिकाबाट कलाकारहरुको सहभागीता रहने पराजुलीले जनाए । 

कोशी प्रदेशका  महिलाहरुको उत्पादन सामाग्रीहरुलाई बजारीकरण गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष पराजुलीले बताए  ।