इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने भ्रमणका लागि आज पूर्व आउने कार्यक्रम रहेकाे छ । झापा, माेरङ तथा सुनसरीका विभिन्न कार्यक्रममा सरिक हुने भण्डारीकाे कार्यक्रम रहेकाे बुझिएकाे छ ।

आज ११ः४० मा झापाकाे महारानीझाेडामा भण्डारी सवार हेलिकाेप्टर ल्याण्ड हुनेछ । त्यहाँ महिलाद्वारा संचालित देशकै नमुना रहेकाे महिला कृषि सहकारीकाे अनाैपचारीक अवलाेकन भ्रमणकाे कार्यक्रम रहेकाे प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिएका छन् ।

उनकाअनुसार महिला कृषि सहकारीकाे भ्रमण अवलाेकनपश्चात झापाकै चन्द्रकुमार डाँगी कृषि सहकारीकाे भ्रमण गर्ने कार्यतालिका रहेकाे छ । डाँगी कम्युनिष्ट आन्दाेलनमा सहिद भएका व्यक्ति हुन्। उनकाे सम्झनामा स्थापना भएकाे सहकारी देशकै अर्काे नमुना सहकारीकाे रूपमा रहेकाे  बताइएकाे छ ।

त्यसपश्चात इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा रात्रिकालिन बसाइकाे व्यवस्था छ ।

भाेलि विहान इटहरीकाे तरहरामा सानाे कार्यक्रमकाे आयाेजना रहेकाे छ भने साे कार्यक्रम सकेर पूर्वाञ्चल विश्वविद्यालयकाे औपचारिक स्तम्भ शिलन्यास कार्यक्रममा ११ बजे पुग्ने तालिका रहेकाे छ ।

पूर्वाञ्चल विश्वविद्यालयकाे कार्यक्रमपश्चात अन्तिम कार्यक्रम महेन्द्र माेरङ क्याम्पसमा १ घण्टाकाे अनाैपचारिक कार्यक्रम सकेर राजधानी काठमाण्डाै फर्किने कार्यक्रम तय भएकाे छ ।