इनरुवाः दुई करोड रुपैयाभन्दा बढीको लागतमा निर्माण गरेर स्तान्तरण गरिएको इलाका प्रशासन कार्यालय हरिनगर सुनसरीको भवन जिर्ण अवस्थामा हस्तान्तरण भएको पाइएको छ ।

बाहिर रंगरोगन गरेर टिलिक्क पारिएको भवनको भित्री भाग भने पूर्ण रुपमा जिर्ण रहेको छ । जिर्ण भवन कतैकतै टालटुल पारिएको अवस्थामा भवन उद्घाटन गरिएको छ ।

हस्तान्तरण लगत्तै जिर्ण बनेको कार्यालय भवन टालटुल गरी उद्घाटन गरिएको हो । इलाका प्रशासन कार्यालयको भवन हस्तान्तरण भएको तीन महिना मात्रै भएको छ ।

औपचारिक कार्यक्रमका बिच भवनको उद्घाटन भने शुक्रवार गरिएको छ । उद्घाटन गरिएको इलाका प्रशासन कार्यालयको नयाँ भवनको छत पटक–पटक टालिएको देखिन्छ । भवनको छत तथा भित्री कोठाको भुई उक्किएको, प्लाष्टर फुटेको र चर्केको अवस्थामा रहेको छ ।

२ करोड १३ लाख ५३ हजारको लागतमा निर्मित भवन जेठको २ गते हस्तान्तरण भएको थियो । स्थानीय रामप्रसाद मेहताले निःशुल्क उपलब्ध गराएको ३ कट्ठा जग्गामा इलाका प्रशासन कार्यालय हरिनगरको अपाङ्गमैत्री भवन निर्माण गरिएको छ ।

निर्माण व्यवसायी शाह पंडित जे।भी।इनरुवा रहेको उक्त भवन शहरी बिकास मन्त्रालयका इन्जिनियरको रेखदेखमा निर्माण सम्पन्न भई हस्तान्तरण भैसकेको हो । जसको प्रदेश सांसद सहितको उपस्थितिमा बिहीबार समुद्घान गरिएको हो ।

दक्षिणी भेगका जनता माँझ सहज सेवा पु¥याउने उद्देश्य साथ हरिनगरमा यस अघिबाटै साँघुरो कोठामार्फत इलाका प्रशासनको सेवा भने संचालनमा थियो ।

नयाँ भवन निर्माण गरी कार्यालयको सेवा प्रवाह थाल्ने क्रममा भवन टालटुले र चर्केको पाइएपछि समग्र भवन निर्माण कार्यको गुणस्तर माथिनै प्रश्न उब्जेको छ । जसप्रति छानविन हुनु पर्ने स्थानीयको माग छ ।

यता निर्माण व्यवसायी शाह पंडित जे।भी।इनरुवाले भने भवनको छत उक्किएको र चर्केको भन्ने विषयलाई सामान्य कमिकमजोरी भनेको छ । उसले धेरै पानी जमाउँदा छत उक्किएको प्रतिकृया जनाएको छ । अन्य स्थानमा समस्या नरहेको दाबी गरेको शाह पंडित जेभीले समस्या रहेको ठाउँ मर्मत हुने जनाएको छ ।

यता कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले छत उक्किएको र चर्केको भन्ने विषय जानकारीमा आएको बताइन । हस्तान्तरणको केहि समयमै भवनमा समस्या देखिनुले निर्माण गुणस्तरमा आशंका उब्जाएको उनले बताइन् ।

पाण्डेले सो ’दयगत सत्यतथ्य बुझी गुणस्तरीयता जाँच गरिने बताइन । उनले निर्माण व्यवसायी र इन्जिनियरलाई झिकाएर सो ’दयगत जानकारी लिने समेत बताइन । पाण्डेले गुणस्तरमा सम्झौता नहुने भन्दै गलत काम भएको प्रमाणित भए कानुन बमोजिमको कार्वाहीको प्रकृया चालिने बताइन ।

इलाका प्रशासन कार्यालय हरिनगरको उद्घाटन कार्यक्रममा प्रदेश सांसदहरु इस्राइल मन्सुरी, रामप्रसाद मेहता, सदानन्द मण्डलका साथै जिसस सुनसरीका प्रमुख राजन मेहता र हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारी लगायतको उपस्थिति रहेको थियो ।