विराटनगरः कोसी प्रदेश सरकारले सोमबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न प्रदेशवासीहरु समक्ष हार्दिक अपिल गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्त तथा खानेपानी, सिंचाई तथा उर्जा एवं स्वास्थ्य मन्त्रि तिलकुमार मेन्याङ्बो (लिम्बु)द्वारा जारी उक्त विज्ञप्तिमा विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमा भएका घटनालाई लिएर सामाजिक एकता र सदेभावलाई विथोल्ने गरी समाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट श्रृङखलाबद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामग्रीप्रति चिन्ता प्रकट गरिएको छ ।
उक्त विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विगत केही समय यता कोशी प्रदेशको धरानलगायत केही स्थानमाा भएका घटनालाई लिएर विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धलाई खलल पार्ने,हाम्रो धार्मिक, साँस्कृतिक तथा सामााजिक एकता र सद्भावलाई विथोल्ने गरी समाजिक सञ्जाल र अन्य माध्यमबाट श्रृङ्खलावद्धरुपमा आइरहेका अभिव्यक्ति र सञ्चार सामाग्री प्रतिकोशीप्रदेश सरकार चिन्ता प्रकट गर्दै सामाजिक तथा धार्मिक सद्भावका लागि हार्दिक अपिल गर्दछ ।’
त्यसैगरी नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक भएको र नेपालको संविधानले समेत प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रताप्रदान गरेकोछ कुरा उल्लेख गर्दै परापूर्वकालदेखि रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव विथोल्ने गरी व्यक्त गरिने यस प्रकारका अभिव्यक्ति तथा गतिविधि हामी कसैको हितमा नभएको कुरा विज्ञप्तिमाा उल्लेख गरिएको छ ।
यस्ता अभिव्यक्तिबाट उत्पन्न हुनसक्ने धार्मिक र सामाजिक अराजकताले धमिलो पानीमा खेल्न खोज्ने लोकतन्त्र विरोधी दृश्य र अदृश्य शक्तिलाई मात्र सहयोग पुग्ने दाबी पनि विज्ञप्तिमा गरिएको छ ।
विषयको संवेदनशिलता र गाम्भिर्यतालाई मध्येनजर गरी प्रदेश भित्रका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, विभिन्नधार्मिक तथाजातीय संघ सस्थाहरु, सामाजिक सञ्जालकाप्रयोगकर्ता र समाजक ाअग्रजव्यक्ति एउटै थलोमा उभिएर हातेमालो गर्दै सबै धर्म, जातिएवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न विज्ञप्तिमार्फत कोसी प्रदेश सरकारले हार्दिक अपिल गरेको छ ।