फाइल तस्बिर

झापाः झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपराह्न भएको आगलागीमा परेर ४ घरटहरा जलेर नष्ट भएका छन् ।

स्थानीयका अनुसार राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उनको घर, गोठ र टहरा जलेको हो । वडाध्यक्ष केदार कटुवालका अनुसार आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको बताइएको छ ।