इटहरीः सामाजिक परिवर्तन केन्द्र द्धारा संवाद मार्फत द्धन्द्ध रुपान्तरणका विषयमा तिन दिवसिय तालिमा सुनसरीको कोसी टप्पु, अकवा वर्ड इको रिसोर्टमा शुरु भएको छ । कार्यक्रममा कोसी गा.पा. र भोक्राहा नरसिंह गापाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि,शिक्षक, महिला समुहका अगुवाहरु, स्थानिय तहका कर्मचारीहर, न्यायिक समितिका प्रतिनिधिहरु, कोसि टप्पु वन्यजन्तु आरक्षणका प्रतिनिधि तथा मध्यवर्ती क्षेत्रका  स्थानिय प्रतिनिधिहरु समेत गरि २५ जनाको सहभागिता रहेको छ ।

 तालिममा सहभागिहरुले द्धन्द्ध रुपान्तरण, समुदायमा बिद्यमान द्धन्द्धहरुको विश्लेषण, द्धन्द्ध रुपान्तरणका औजार र विधिहरु, संवाद, संवाद सहजिकरण सीप लगायतका विषयमा केन्द्रित रहेर सैद्धान्तिक ज्ञान र व्यवहारिक सीप हासिल गर्नेछन ।

कार्यक्रमले समाजमा शान्ति सदभाव र सामाजिक परिवर्तन, एकता, बिश्वास र सहिष्णुता अभिबृद्धि गर्नका लागि महत्वपुर्ण योगदान पुर्याउने उद्देश्य सहित तालिम आयोजना गरिएको सामाजिक परिवर्तन केन्द्र सुनसरी संयोजक रमेश भट्टराईले बताए ।