विराटनगरः देशका सबै शक्तिलाई एकीकृत गर्ने उद्देश्य बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको रहेको विराटनगरमा आयोजित कार्यक्रमका वक्ताले बताएका छन् ।

बीपी विचार राष्ट्रिय समाजद्वारा ४३ औँ राष्ट्रिय एकता मेलमिलाप दिवसका अवसरमा आयोजित अर्थ–राजनीति र राष्ट्रियताका चुनौतीका सन्दर्भमा आयोजित कार्यक्रमका वक्ताले त्यस्तो धारणा राखेका हुन् ।

तत्कालीन अवस्थामा प्रवासमा रहेका बीपीले नेपालमा भूगोल र राजनीतिक खतरा देखिने भएकाले सो नीति लिएको चर्चा गरे ।
बीपी विचार राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले बिपीको विचार, नीति र अवलम्बन गरेको सिद्धान्त अहिले पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले नेतृत्व तहले गरेको गल्तीबाट नेपाली जनताले कालान्तरसम्म दुःख पाउने उल्लेख गरे ।