इटहरीः सुन्दरहरैंचा नगरपालिका स्थित नगर अस्पतालमा कार्यरत २६ वर्षीय डाक्टर सन्दीप पोखरेललाई भदौ २८ गते हातपात गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीलाई भदौ २८ गते गिरफ्तार गरेको छ ।

सार्वजनिक बिदाको दिन ०८० भदौ २८ गते बाबुको उपचारका लागि अस्पताल पुगेका माझीले अनावश्यक विषयमा विवाद झिकेर हातपात गरेको आरोपमा प्रहरीले माझीलाई गिरफ्तार गरेको हो ।

बाबु बिरामी भएर लिएर आएको अवस्थामो स्वास्थ्य जाँच गर्दा ज्वरोलगायतका समस्या नदेखिएको बताएपछि आरोपितले विवाद निकालेर हातपात गरेको डाक्टर पोखरेलले बताए ।

कार्यस्थलमा अनावश्यक विवाद झिकेर सेवाग्राही माझीले चिकित्सकमाथि हातपात गरेको सुन्दरहरैंचा नगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख चन्द्र बस्नेतले बताए ।

आरोपितविरुद्ध अभद्र व्यहार शीर्षकमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, वेलवारीले जनाएको छ ।

मानव अधिकारसम्बन्धी घोषणापत्र सन् १९९८ ले चिकित्सकलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको इन्सेक मोरगंका प्रतिनिधि विनोद सुवेदीले जनाएका छन ।