इटहरीः १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयअन्तर्गतका कार्यालयबाट दुर्घटना न्यूनीकरणको लागि बुधबार एकै दिन ६२ वटा सचेतनामूलक कार्यक्रम गरिएको बताइएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार विभिन्न सवारी चालक, सर्वसाधारण, विद्यार्थीलगायतलाई राखी सचेतनामूलक कार्यक्रम गरिएको हो । १ हजार ४ सय ११ जनालाई सचेतनामूलक प्रशिक्षण दिनुका साथै पम्पलेट पनि वितरण गरिएको सो कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार मोरङको कटहरी– ४ नयाँ बजारमा पैदल यात्रीहरूलाई भेला गरी सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

त्यस्तै, मोरङको सुन्दरहरैंचा–७ गछिया चोकमा सफारी र अटो चालक लाई दुर्घटना न्यूनीकरणसम्बन्धी प्रशिक्षण दिएको बताइएको छ ।

कोशी लोकमार्ग अन्तर्गत धनकुटामा विभिन्न सवारी साधनका चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको सो कार्यालयले जनाएको छ ।

traffic sachetana  (1)