इटहरीः एकीकृत सम्पती करका नाममा चालु आर्थिक बर्षका लागि नगरबासीको ढाँड सेक्ने गरि कर लगाएको इटहरी उपमहानगरले बजेट नीति तथा कार्यक्रममा नै समावेश नभएपनि शनिवार महिला कर्मचारी र जनप्रतिनिधिहरुलाई पार्टी प्यालेसमा भब्य तीज कार्यक्रमको आयोजना गरि दर खुवाएको छ । 

फजुल खर्च रोकेर आर्थिक शुसासन कायम गर्ने भन्दै चर्का स्वरमा भाषण गर्दै हिँड्ने इटहरी उपमहानरपालिकाका मेयर हेमकर्ण पौडेल समेत इटहरीको दुर्गा पार्टी प्यालेसमा उपमहानगरपालिकाकाले आयोजना गरेको तीज बिषेश कार्यक्रममा सहभागी भएका थिए । 

इटहरी उपमहानगरपालिकालाई अनावश्यक खर्च नगर्न प्रत्येक बर्ष महालेखाले नगरप्रमुखलाई बुझाउने लेखा परिक्षणको प्रतिवेदनमा सुझाव दिएपनि त्यसको समेत वेवास्था गर्दै इटहरी उपमहानगर आफै आयोजक भई तीज कार्यक्रमको आयोजना गरेको हो । 

377555740_1347504126161410_569115888847577320_n

दिउँसो १ बजेबाट दुर्गा पार्टी प्यालेसमा आयोजना भएको दर खाने कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरी समेत सहभागी भएकी थिइन । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहता पनि सहभागी भएका थिए । कार्यक्रममा उपमहानगरपालिका कार्यालयमा कार्यरत सबै महिला कर्मचारी, सबै महिला जनप्रतिनिधि, सबै महिला स्वास्थ्य स्वय्म सेविका लगायत ठूलो संख्यामा सहभागीता रहेको थियो । 

377338954_793616026102269_5734930513816218902_n (1)

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेहताले नै सबैलाई मोबाइलमा म्यासेज गरेर दर खानका लागि दुर्गा पार्टी प्यालेसमा दिउँसो १ बजे सहभागी हुन निम्तो पठाएका थिए । 

इटहरी उपमहानगरले नै खर्चको व्यवस्थापन गरेर इटहरी धेरै जसो वडाहरुमा पनि शनिवार नै तीज कार्यक्रमको आयोजना गरि महिला कर्मचारीहरुलाई दर खुवाइएको थियो । कतिपय वडाहरुमा स्थानीय महिलाहरुले सामाजिक सञ्जालमा नगरको पैसा खर्च गरेर सिमित महिलाहरुलाई मात्र दर खुवाएको भन्दै विरोध जनाएका छन् । 

नगरबासीबाट बिभिन्न नाममा उठाइएका करबाटै इटहरी उपमहानगरपालिका धेरै जसो कर्मचारीहरुले मासिक तलब पाउँदै आएका छन् । शनिवारको तीज बिषेश कार्यक्रममा दर खुवाएको बजेट पनि त्यही संकलित करबाटै खर्च हुने इटहरी उपमहानगरपालिका आयोजक भएकाले पुष्टि गरेको छ । 

इटहरी उपमहानगरले एकीकृत सम्पती करमा ३ सयप्रतिशतसम्म बृद्धि गरेर नगरवासीको ढाँड सेक्ने कार्य भएकाले इटहरीको सत्तामा बहुमत रहेको नेकपा एमालेले बृद्धि गरेको कर तत्काल फिर्ता गर्नु पर्ने भन्दै आन्दोलन गरिरहेको छ । तर, त्यही दलबाट निर्वाचित उपमेयर संगीता चौधरी र धेरै जसो महिला जनप्रतिनिधिहरु तीजमा दर खाने नाममा पार्टी प्यालेस हुने फजुल खर्च रोक्न लागि नपरेको पाईएको छ । उनीहरु आफै अग्रस्थानमा सक्रिय भएर यो कार्यक्रममा सहभागी भएका छन् । 

377363346_619126873451056_3139744896037034844_n (1)

जग्गाको मूल्यांकन बढाउन सिफारिस गर्ने, एकीकृत सम्पती कर बृद्धि गर्दा इटहरी सत्तामा बहुमत रहेका एमालेका जनप्रतिनिधिहरु ताली ठोक्ने र चौतर्फी विरोध भएपनि गल्ती भयो माफी पाउँ भन्दै आन्दोलन रोज्ने एमालेका जनप्रतिनिधिहरुले समेत शनिवार पार्टी प्यालेसमा सम्पन्न तीज बिषेश कार्यक्रममा सहभागीता जनाउनुले उनिहरुको दोहोरो चरित्र नगरवासीसामु स्पष्ट भएको छ । 

नगरवासीको ढाँड सेक्ने गरि बढाइएको कर वैज्ञानिक र नगरवासीको हितमा नभएको भन्दै महिनौदेखि एमाले, माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,रास्वपा लगायतका पार्टीहरु निरन्तर आन्दोलनमा छन् । उनिहरुले बढाइएको कर दरलाई नगरवासीको हित अनुसार समायोजन गर्नु पर्ने माग राखी नगरप्रमुख हेमकर्ण पौडेललाई भेटी ज्ञापन पत्र बुझाईसकेका छन् । रास्वपा इटहरीले इटहरी उपमहानगरको गेट बाहिर निरन्तर धर्ना दिइएको थियो । इटहरी सत्तामा रहेको नेपाली कांग्रेसकै कतिपय नेताहरुले सामाजिक सञ्जालमा इटहरी उपमहानगरले नगरवासीको ढाँड सेक्ने गरि बढाएको कर घटनाउनु पर्ने भन्दै आफ्नो पार्टीका नगर प्रमुख पौडेलको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन् । तर, त्यस्ता कुरालाई गम्भिरताका साथ लिई कर दर समायोजन गर्नुको  साटो नगरप्रमुख पौडेल आफै नगरले नै आयोजना गरेको दर खुवाउने कार्यक्रममा पाटी प्यालेसमा सहभागी हुनुले उनी कसरी अगाडि बढीरहेका छन् भन्ने कुरा स्पष्ट भएको छ । 

377329624_345874784454142_1077394430911134809_n (1)

इटहरी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलले गत बर्ष झै उपमहानगरले यसपटक पनि महिला कर्मचारी, जनप्रतिनिधि र स्वस्थ्य स्वय्म सेविकाहरुका लागि दर खुवाउने कार्यक्रमको आयोजना गरेको जनाए । उनले तीन बिषेश कार्यक्रम कुनै बजेट, नीति तथा कार्यक्रम भित्रको कार्यक्रम नभएको स्पष्ट पारे । उनले आफ्नो वडामा भने सबै कर्मचारीहरुले गोजीबाटै रकम उठाएर यस्ता कार्यक्रम गर्दै आएको बताए । अन्य वडाहरुले के कसरी गरे आफुलाई जानकारी नभएको उनले बताए । उनले आफुले आफ्नो वडामा सबै खालका फजुल खर्च पूर्ण रुपमा बन्द गराएको दावी गरे । 

377341619_629896209253497_4898328216979507605_n (1)