इटहरीः राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि अनुसन्धान केन्द्र तरहराको अवलोकन गरेकी छिन् । दुइ दिने भ्रमणमा हिजो पूर्व आएकी भण्डारीले विभिन्न कृषि फर्म र केन्द्रको अवलोकन गरेकी हुन् ।
कृषि अनुसन्धान परिषद अन्तर्गतको तरहरा कृषि अनुसन्धान केन्द्रमा भएको छोटो कार्यक्रममा सहभागी भएकी भण्डारीले तरहरा, पाखिवास कृषि अनुसन्धान केन्द्र र इलाम केन्द्रले प्रस्तुत गरेको प्रतिवेदन ध्यान दिएर सुनिन् ।
संक्षिप्त भनाई राख्दै भण्डारीले कृषिकै माध्यमबाट मात्र समृद्धि सम्भव रहेको बताइन् । उनले उत्पादनमा जोड दिन आधुनिक औजारको उपयोगलाइ बढावा दिनुपर्ने सुझाइन् । उनले कृषि क्षेत्रका लगानी बृद्धि गर्नुपर्नेमा जोड दिइन् ।
तरहरा कृषि केन्द्रमा रहेकोविभिन्न कृषि अनुसन्धान, औजार र प्रयोगको बारे राष्ट्रपतीद्धारा अवलोकन भएको थियो ।
त्यस पिछ विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय र महेन्द्र माेरङ क्याम्पसले अायाेजना गरेकाे कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इका प्रमुख स्वकीय सचिव मकर खड्काले जानकारी दिएका छन् ।
तस्बिरः महेश्वर कार्की