धरानः औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शिक्षा नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय ईटहरीमा निशुल्क होटल म्यानेजमेन्ट अध्ययन हुने भएको छ ।
धरानमा पत्रकार सम्मेलन मार्फत शिक्षालयले एसएलसि उत्तिर्ण वा एसर्ईई परिक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निशुल्क होटल म्यानेजमेन्ट तालिम दिईने शिक्षालयका अध्यक्ष एकचन्द्र बरालले जानकारी दिए ।
उनले भने प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन ईच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्मका नेपाली नागरिक हुनु पाउने जानकारी दिए ।
अध्यक्ष बरालले भने लिखित र मैखिक परिक्षामा उत्तिर्ण ४० जना प्रशिक्षार्थीहरु होटल म्यानेजमेन्ट अध्ययन सहित तालिममा सहभागी हुन पाउने, प्रशिक्षार्थीहरुले औद्योगिक अभ्यास तालिम गरेवापत न्यूनतम् पारिश्रमिक ज्यालाको २५प्रतिशत प्रोत्साहन रकम स्वरुप हाजीरी अनुसार दैनिक १ सय रुपैया यातायात खर्च प्रँप्त गर्ने साथै पोशाक खर्च वापत २५ सय रकम उपलब्ध गराउने बताए ।
प्रशिक्षार्थीहरु उद्योग र व्यवसायमा गएर अनुभवि कामदारको प्रत्यक्ष मातहतमा रही दैनिक उत्पादन प्रक्रियामा सहभागी भै सीप र क्षमताको अनुभव प्राप्त गर्ने बताए ।
तालिम २४ महिनाको हुनेछ । साथै २४ महिनाको अवधिमा प्रशिक्षार्थीहरुको करिव साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानआर्जन गर्ने छन भने साढे १९ महिना उद्योग व्यवसाय व्यावहारीक सीप र कार्यस्थलको अनुभव प्राप्त गर्ने छन ।
सो अवधि भित्र हपतको १ दिन शिक्षालयमा उपस्थित भै सीप तथा ज्ञान लिनुपर्ने छ । प्रशिक्षार्थीहरुलाई उद्योग तथा व्यवसायले ६ महिनाको अन्तरालमा ३ पटक आन्तरीक मुल्याकन गर्ने छ भने तालिम अवधिको अन्तिम १ महिना शिक्षालयमा आएर सिक्न बाँकी रहेको सीप सिक्दै र परीक्षाको तयारी गर्नु पर्ने साथै अन्तिम मुल्याङकनका लागि प्रविधिक शिक्षालय तथाा व्यवसायीक तालिम परीषद सिटीभिटीले परिक्षा नियन्त्रण गर्ने जानकारी दिएको छ ।
प्रशिक्षथीहरुले तालिम समापन पश्चात प्रि डिप्लोमा तहको प्रमाण पत्र प्राप्त गर्नेछन । तालिममा उत्कृष्ठ प्रशिक्षार्थीहरुले नेपाल सरकारको लोक सेवा आयोगद्धारा लिईने सम्बन्धीत बिषयको पदमा प्रतिस्पर्दा गर्न सक्ने जानकारी अध्यक्ष बराले दिएका छन् ।
तालिममा सहभागी हुन चाहाने ईच्छुक विद्यार्थीहरुले आवेदन असोज ७ गते सम्म फारम भर्न पाउने छन् भने लिखित परिक्षा र मैखिक परिक्षामा नर बहादुर कर्माचार्य बहुउदेश्यीय शिक्षालय ईटहरीमा हुने अध्यक्ष बरालले बताए ।
प्राविधिक शिक्षा अध्ययन सहित तालिमको कार्यान्वयन कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र प्राविधिक सहयोग हेलभिटासको सहयोगमा कार्यक्रम भएको बरालले वताए ।