विराटनगरः गोग्राहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा २०८० साल असोज ६  गते संस्थाका सचिव अन्जना श्रेष्ठ द्वारा संचालित कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । 

विक्रम सम्बत् २०६७ सालमा २५ जना शेयर सदस्यहरुबाट आफ्नो कारोबार संचालन गरेको संस्थाले १३ औं वर्षमा आइपुग्दा सम्म १५९६ सन्तुष्ट शेयर सदस्यहरु रहेको संस्थाका अध्यक्ष मनोज कुमार बस्नेतले जानकारी दिए । प्रदेश सहकारी मन्त्रालयका अधिकृत तोयानाथ तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ताहरु र उत्कृष्ट ऋणीहरुलाई सम्मान गरियो । 

गत आव २०७९।८०मा चुक्ता पुजी रु २ करोड ३२ लाख ६३ हजार ९ सय रहेको संस्थाले ११ करोड ९ लाख ८६ हजार ४ यस ४७ रुपैया ३७ पैसाको कारोबार गरेको संस्थाका लेखा संयोजक सोमराज पौडेलले जानकारी दिए ।