इटहरी: इटहरी कांग्रेश नेता हेमकर्ण पौडेलको मुद्दामा प्रक्रिया मिचिएको बिसय बाहिर आएपछि सर्बोच्चले प्रेश बिज्ञप्ति मार्फत कार्यविधि नमिचिएको स्पस्ट बनाएको छ ।
इटहरीका दुर्गा अधिकारीलाई अपहरण गरी शरीर बन्धक सम्बन्धि मुद्दाको अन्तिम फैसला गर्दा प्रविधिमा समस्या मात्र भएको तर प्रक्रिया नमिचिएको स्पस्ट पारेको हो ।
सर्बोच्चले २०७५ पुस एक गते बिज्ञप्ति जारि गर्दै अदालतले ध्यान नदिएको कारण हेर्दाहेर्दैमा राखिनु पर्ने मुद्दा पेशीमा चडेकाले तत्काल संसोधन गर्न लगाएर पुन सच्याएको बारेमा बिज्ञप्ति मार्फत स्पस्ट पारेको छ । इ
टहरीका दुर्गा अधिकारीलाई अपहरण गरी शरीर बन्धक सम्बन्धि मुद्दामा जिल्ला अदालत सुनसरीले साढे ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो ।
जिल्ला तथा पुनरावेदन अदालतको आदेशलाई उल्ट्याउँदै सर्वाेच्चले हेमकर्ण सहित सोही मुद्दामा सूर्य राई, अचित श्रेष्ठ र रोशन तामाङले पनि सफाइ दिएको थियो ।