इलामः प्रधानमन्त्री केपी ओली भोलि हेलिकाेप्टरमार्फत इलाम आउँदैछन् । इलाम नगरपालिकाले गर्ने लगानी सम्मेलनमा प्रमुख अतिथि बन्न आउन लागेका ओलीलार्इ विशेष सुरक्षा दिइने प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठकाअनुसार ओलीलाइ तीन घेराकाे सुरक्षा दिने तयारी रहेकाे बताए । उनले पहिलाे घेरामा सेना, दाेस्राे घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाल प्रहरीकाे सुरक्षा रहनेछ ।
उनले विप्लवकाे थ्रेटबारे कुनै शंका नभएकाे बताए । विप्लब सम्बद्द कार्यकर्ता खुल्ला रूपमा आइसकेकाे हुँदै उसकाे सुरक्षा चुनाैती नभएकाे स्पष्ट पारे । ओलीलार्इ नगरपालिकाले सम्मान गर्ने भन्ने बारे नेपाली कांग्रेसकाे असहमती रहेकाे छ । लगानी सम्मेलनमा ओली सहभागी हुने बारे सहमती भए पनि उनलाइ सम्मान गर्न नहुने भन्दै काँग्रेसकाे साे कार्यक्रममा सहभागी नहुन उर्दी जारी गरेकाे छ ।
प्रेस विज्ञप्ती र पर्चामार्फत सुचित गराउँदै कसैलार्इ सहभागी नहुन भनेकाे छ ।
विभिन्न घटनाक्रमलार्इ मध्यनजर गर्दै गाैतमबुद्द सभाहल (सिटीहल) मा हुने कार्यकमका लागि सुनसरी, झापा र माेरङदेखि थप सुरक्षाबल झिकाइएकाे एसपी श्रेष्ठले प्रदेश पाेर्टललार्इ जानकारी दिएका छन् । उनका अनुसार जनपद प्रहरीका ७ सय जवान र सशस्त्र, आर्मी गरी ३ सय बढिकाे सुरक्षा दस्ताकाे सुरक्षा घेरा हुनेछ ।