झापाः झापाको शिवसताक्षीस्थित माइधार सडकखण्डमा हिजो भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल र बोलेरो जिप जुधेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पश्चिमतर्फ जाँदै गरेको बा १३ च नम्बरको बोलेरो जीप र पश्चिमबाट पूर्व आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । मृत्यु हुनेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० का २५ वर्षीय सविन लिम्बू र २८ वर्षीय सञ्जीव लिम्बू छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका दुवै जनाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।