इलामः पहेँलो रङका सुकिला गाडीमा विद्यालय जानेहरू निजी स्कुलका विद्यार्थी मात्रै हुन्छन् । सामुदायिक विद्यालयका विद्यार्थीले यो सुविधा पाउँदैनन् । यो आम बुझाइ हो । तर, दक्षिणी इलामको कथा फरक छ । जहाँ स्कुल बसमा विद्यालय जान्छन् विद्यार्थी ।

इलामको रोङ गाउँपालिका–४ भालुझोडाको श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरु गत वर्षबाट यस्तै सुकिला स्कुल बस चढ्छन् । गत वर्ष भएको स्थानीय तहको चुनावपछि साउनमा सो विद्यालयलाई गाडी किन्न ३० लाख अनुदान दिइएको थियो । गाउँपालिकाको अनुदान र विद्यालयको आन्तरिक आम्दानी जोडेर स्कुल बस किनेको विद्यालयका प्रधानाध्यापक प्रेम राई बताउँछन् ।

दैनिक डेढ सय हाराहारी विद्यार्थी स्कुल बसमा यात्रा गर्ने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी घट्न छाडेको राईले बताए । उनले भने, ‘सवारी हुँदा सहज विद्यालय जान पाइने भएपछि निजी स्कुल जानेहरू नि हाम्रो विद्यालय आउन थालेका छन् ।’

ilam sarkari schoolko bus  (1)