कुवेतः नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा युवराज गैरे पुनस् चयन भएका छन् ।मञ्चको हिजो सम्पन्न तेस्रो अधिवेशनले गैरे अध्यक्ष रहेको ३३ सदस्यीय कुवेत राष्ट्रिय कमिटी गठन गरेको हो ।

अधिवेशनले कुवेत राष्ट्रिय कमिटीको प्रथम उपाध्यक्ष देवसम्सेर घिसिङ, उपाध्यक्षहरुमा टीका पौडेल, बिना सापकोटा, धनेश्वर यादव र अशोक शाहलाई सर्वसम्मत चयन गरेको छ।

कमिटीको महासचिव इन्द्रदेव शर्मा, उप महासचिव उमलाल भण्डारी, सचिवद्वय वसन्त पोखरेल, रेनुका पुरी, उपसचिवद्वय नसिब राउत कवारी, पूर्ण लम्साल र कोषाध्यक्ष तनबिर आलम मिकरानी छनौट भएका छन्।

379639583_1399803300751471_5399489931111193936_n

यसै गरी कमिटीको सदस्यहरुमा एमडि अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदिप परियार, नागेन्द्र महतो, कमला थामी, लक्ष्मी तामाङ, धन बिसि, शिव भण्डारी, महेश भुसाल, चन्दन दास, नारायण बन्जाडे, अरुण चौधरी, सुशील चौधरी, भिम बहादुर खत्री, राजकुमार परियार तथा केशव बहादुर सारु छन् भने कमिटीको सल्लाहकारमा सूर्य लामा,शशी अमात्य र दिपक शाहलाई चयन गरेको छ।

टीका पौडेलको सञ्चालन तथा युवराज गैरेको अध्यक्षतामा भएको अधिवेशमा नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद सदस्य मधुकर रिजालको प्रमुख आतिथ्यमा भएको थियो।

379634772_7004059589625695_6735153134561010213_n

समाजवादी आन्दोलनको पङ्क्तिमा लामबद्ध भएको भन्दै नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि रिजालले शुभकामना दिंदै प्रवासी नेपालीका समस्यामा जोडिदैं राजनीतिलाई समाज रुपान्तरणको प्रमुख बिषय बनाउनु पर्ने बताए ।

एनआरएनए कतारका निबर्तमान अध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय सदस्य महोम्मद मुक्तदा मुसलमान लगायत कुवेतका बिभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।