धरानः धरान जेष्ठ नागरिक मिलन केन्द्रको अयोजनामा विश्व जेष्ठ नागरक दिवश, सम्मान् तथा चियापान कार्यक्रमको आयोजना गरी मनाईएको छ । 

आईतबार, धरान १२ अमन बजार स्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमा जेष्ठ नागरिक सासु ससुरा र परिवारलाई सम्मान् र स्याहार गर्ने उत्कृष्ट बुहारीको रुपमा धरान १६ निवासी सुनिता कार्कीलाई सम्मान् गरिएको थियो । सुनिताका कार्की डेंगुको विरामीका कारण आउन नसकेकोमा उनकी सासु राधा कार्कीलाई उक्त सम्मान्–पत्र उनीसम्म पुर्‍याउन अनुरोध गर्दै प्रदान गरिएको थियो । 

 जेष्ठ नागरिकहरुका लागि संविधानको धारामा धेरै अधिकार भएपनि व्यवहारमा अपहेलित जीवन विताउन बाध्य भएको जेष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष पूर्व नगर प्रमुख कुमार बहादुर कार्कीले बताए । अरुको भर पर्नु भन्दा जेष्ठ नागरिकहरु नै संगठीत भएर एक अर्काको लागि सहारा भएर काम गर्नुपर्ने राम्रो हुने धारण कार्कीले व्यक्त गरेका थिए । विश्व जेष्ठनागरिक दिवशको ऐतिहासिक पृष्ठभूमि र औचित्यबारे प्रकाश पार्दै आफुहरुले प्रत्यक वर्ष विश्व जेष्ठ नागरिक दिवश विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउदै आएको जानकारी गराए।

धरान जेष्ठ नागरिक मिलन केन्द्रकी अध्यक्ष समाजसेवी सरला कायस्थले जेष्ठ नागरिकहरुको आदर सम्मान् र स्वास्थ्यका लागि छोरा बुहारी नाती नतिना र परिवारका सदस्यहरुलाई अभिप्रेरित गर्ने कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको कुरा औल्याए । कार्यक्रम सम्पन्न गर्न कोषाध्यक्ष गंगा प्रसाद रेग्मी र सचिव कृष्ण कटुवालले सकृय भुमिका निर्वाह गरेका थिए। कार्यक्रममा चियापन तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको थियो । 

कार्यक्रमा धरानका विभिन्न क्षेत्रका जेष्ठ नागरिक तथा सामाजिक व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।