इटहरीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेची–महाकाली समाजवादी जागरण अभियान जनतासँग आफ्नो पार्टीलाई जोड्ने अभियान  भएको बताएका छन।

नेकपा एकीकृत समाजवादीले आईतबारबाट सुरु गरेको मेची महाकाली जागरण अभियानको सिलसिलामा आयोजित कार्यक्रमहरुमा अध्यक्ष नेपालले त्यस्तो बताएका हुन। 

आईतबार झापाको काँकडभिट्टामा  आयोजित मेची–महाकाली जागरण अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति  र कार्यदिशा जनतासमक्ष जानकारी गराउनअभियानले पार्टीलाई जनतासँग जोड्ने बताए । युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए।अध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको  नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्ने  बताए।

 १२ सय किलोमिटरको लम्बे अभियानको सुरुवात गरिएको बताए।सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले  राजनीतिक व्यवस्था बदलियो तर, जनताको अवस्था उस्तै रहेको टिप्पणी गरे ।

संविधानले  जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको बताए।, ‘हिजो सामन्ती वर्गले शोषण गर्थे भने अहिले पूँजीपति वर्गले शोषण गरिरहेका छन्। अहिले पनि गाँस, बास र कपासको हक पाउनबाट नेपाली जनता वञ्चित छन्।’नेता खनालले भने। 

पार्टीका महासचिव घनश्याम भुसालले  गणतन्त्रले बाटोमा अल्मलिएको  भन्दै उनले राजनीतिक विग्रीएको टिप्पणी गरे ।

 कृषिमा निर्भर ५९ लाख परिवारमध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ हाम्रो अभियान सुरु गरिएको उनको भनाई थियो ।

उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी  मात्र गर्न सके पनि परिवर्तनको अनुभूति गर्न सकिने  बताए। उत्पादक पुँजी तथा रोजगारीको विकास नगरी हाम्रो जस्ता कुनै पनि मुलुकले गरिबी उन्मूलन गर्न र समृद्धि हासिल गर्न सक्दैन भन्ने कुरा इतिहास सिद्ध तथ्य हो । यसै तथ्यलाई आत्मसात गरेर आगामी १० वर्षमा श्रम गर्नसक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारेमा हाम्रा सोचहरू राष्ट्रलाई सुनाउने छौँ  महासचिव भुसालले बताए  ।

 आईतबार झापाका काँकडभिट्टा ,बिर्तामोड ,दमक सहित मोरङका पथरी र बिराटचोक सहित ५ सथानमा आमसभा भएका थिए  भने सोमबार सुनसरीको इटहरी, इनरुवा र मधेस प्रदेश अन्तर्गतको सप्तरीको राजविराजमा आमसभा भएका थिए । 

सभामा उपाध्यक्षहरू जयन्ती  राई,प्रमेश हमाल,राजेन्द्रप्रसाद पाण्डे ,उपमहासचिवहरू डा विजय पौडेल रजगन्नाथ खतिवडा,सचिव रामकुमारी झाँक्रीले  बोलेका थिए ।

  कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । मुलुक रूपान्तरणका एजेन्डा राष्ट्रलाई सुनाउन र आमजनताका सुझाव लिन एकीकृत समाजवादीले मेचीदेखि महाकालीसम्म रोजगारी, समृद्धि र सुशासनको नाराका साथ समाजवादी जागरण अभियान  सुरु भएको हो । अभियान २८ असोजमा समापन गरिनेछ ।