इटहरीः श्रम स्वीकृतिका लागि काठमाडौं धाउनु पर्ने झनझट हटेको छ । इटहरी उपमहानगरपालिकाले मंगलबारबाट श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरसँगै यो झनझन हटेको हो ।   वैदेशिक रोजगारीमा जान चाहनेहरुको श्रम स्वीकृति इटहरी उपमहानगरपालिकाबाट पाइने छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार  इटहरीले पहिलो पटक  नगरप्रमुख हेमकर्ण पौडेलले मंगलबार इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरुवात गरेका हुन ।

      वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि  काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलले बताए । स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुनुका साथै  लागत खर्च पनि बढी हुने तर अब   स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज  हुने विश्वास पौडेलले व्यक्त गरेका छन् । 

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले जनाएको छ ।