राजविराजः सुनसरीमा भिन्न पार्टी परित्याग गरेर एक सय ९३ जना नेता कार्यकताहरू नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । यस्तै सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण चोकमा भएको कार्यक्रममा समेत सयौंको संख्यामा कार्यकर्ताहरु एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

यस्तै काँकडभिट्टा विर्तामोड,विराटचोक लगायत कार्यक्रम भएका स्थानहरुमा पार्टी प्रवेश गर्नेहरुको लहर वढ्को  छ । एकीकृत समाजवादीले सरु गरेको  समाजवादी जागरण अभियान २०८० को दोस्रो दिन इटहरीको सभामा नेता कार्यकताहरू प्रवेश गरेका हुन्  । 

नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका थिए । सभामा पार्टी बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको बर्तमान अबस्थाको जानकारी गराउँदै आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको लम्वे अभियानको सुरुवात गरिएको बताए   ।

अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए । ध्यक्ष नेपालले अबका दिनमा कम्युनिष्ट पार्टीले मात्रै  देशको नेतृत्व गर्नसक्ने भन्दै कम्युनिस्ट सरकारले सर्वसाधारण जनताको समस्या बुझ्ने र समाधान गर्नु पर्ने बताए ।