इलामः अाज हुने लगानी सम्मेलनमा भाग लिन अाउने तयारीमा रहेका प्रधानमन्त्री केपी अाेलीकाे तस्बिरमा कालाे पाेतिएकाे छ । इलाम बजारमा विभिन्न गेट, व्यानर तथा तुल टाँगेर अाेलीकाे भव्य स्वागतकाे तयारी गरिएकाे छ । तिनै मध्येका केहि तस्बिरमा कालाे पाेतिएकाे हाे ।

 अाेलीलाइ इलामा भव्य स्वागतसहित इलाम सरकारले नागरिक अभिनन्दन गर्ने भए पछि विपक्षी दल नेपाली काँग्रेस रूष्ट भएकाे थियाे । उसले इलाममा लगानी सम्मेलन कार्यक्रम सकारात्मक भए पनि अाेलीकाे नागरिक अभिनन्दन अनावश्यक भएकाे भन्दै टिप्पणी गरेकाे थियाे ।

जिल्ला प्रहरी प्रमुख  एसपी माधवप्रसाद प्रसाद श्रेष्ठले इलामकाे सुरक्षा व्यवस्था चुस्त दुरूस्त राखेकाे बताएका थिए । उनले प्रधानमन्त्री अाउने कार्यक्रमलाइ लक्षित गर्दै ७ सय जनपथ प्रहरी र ३ सयकाे हाराहरीमा शसस्त्र र अार्मीकाे फाेर्सले सुरक्षा दिने बताएका थिए ।

तर, रात्रिकाे समयमा कसले प्रधानमन्त्रीलाइ स्वागत गरिएकाे ब्यानरमा अाेलीकाे तस्बिरमाथि कालाे पाेत्याे भन्ने एकिन हुन सकेकाे छैन । यद्दपि इलाममा सुरक्षा व्यवस्था भने अत्यन्त कडा बनाइएकाे छ ।

कार्यकम हुने गाैतमबुद्द सभागृहमा मेटल डिटेक्टर, कुकुरलगाएतकाे व्यवस्था गरिएकाे छ ।