इटहरीः गरिब समुदायका विद्यार्थीहरुलाई शुलभ मूल्यमा जीवन उपयोगी रोजगारमूलक शिक्षा प्रदान गर्दै आएको इटहरीको नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयले डिप्लोमा इन फार्मेसी पढाउनका लागि प्राविधिक तथा व्यवसायीक तालिम परिषद् (सिटीईभिटी)बाट मान्यता प्राप्त गरेको छ ।  

फार्मेसी पढाउने अनुमति पाएसँगै शिक्षालयले यहि असोज २९ गते भित्रमा नेपालको जुनै सुकै क्षेत्रका विद्यार्थीहरुले कलेजको भर्ना प्रकृयामा सहभागीता जनाउन सक्ने शिक्षालयका अध्यक्ष निर्मल बरालले जानकारी दिए । 

४० जनाको कोटा रहेकाले अन्य शैक्षिक संस्थाबाट फार्मेसी बिषयमा प्रवेश परिक्षा दिएर उत्तिर्ण गरि प्रतिक्षा सूचिमा रहेका विद्यार्थीहरुले प्रवेश परिक्षाको रिजल्ट लिएर नरबहादुरको भर्ना प्रकृयामा सिँधै सहभागी हुन पाउने शिक्षालयको प्रशासन तर्फका कर्मचारी सेमन्त उपाध्यायले बताए । 

356191226_259384250175912_32397464142115505_n

उनका अनुसार यो ३ बर्षे कोर्ष सक्नका लागि अभिभावकहरुले  ३ लाख रुपियाँ मात्र खर्च गर्नु पर्ने हुन्छ । सिइटीभिटीले असोज २२ गते शिक्षालयलाई एक पत्र पठाई फार्मेसी पढाईका लागि अनुमति प्रदान गरिएको र भर्ना प्रकृया अगाडि बढाउन आग्रह गर्दै पत्र पठाएको उनले बताए । पत्र पाउन साथ यसै शैक्षिक शत्रबाट पढाई सुचारु गर्न शिक्षालयले सूचना जारी गरि आवश्यक प्रकृया अगाडि बढाईसकेको उपाध्यायले जानकारी दिए । 

240738593_4129380117174711_5585821850578351174_n

उपाध्यायका अनुसार शिक्षालयले फार्मेसी पढाउनुअघि ३ वटा बिषयमा विद्यार्थीहरुलाई पढाउँदै आएको छ । शिक्षालयले सिभिल इन्जिनियरिङ, होटल मेनेजमेन्ट र कृषी तर्फको बाली विज्ञानमा विद्यार्थीहरु पढाउँदै आएको छ । सबै बिषयमा ४० जनाको दरले विद्यार्थी पढाउँदै आएको छ । 

शिक्षालयले यसको अलवा होटल म्यानेजमेन्ट तर्फको निःशुल्क २४ महिने औद्यौगिक प्रशिक्षार्थी तालिम पनि प्रदान गर्दै आएको शिक्षालय संचालक मध्येका एक ज्वाला तामाङले बताएका छन् ।

240730253_4129380260508030_3661903985677971160_n