झापाः मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले एमाले कार्यकर्ताका ६ ओटा गाडीमा तोडफोड गरेको पीडित पक्षले आरोप लगाएको छ ।

तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले विक्रम सुब्बालाई गिरफ्तार गरेको  छ ।

राष्ट्रिय युवा संघ नेपाल, अर्जुनधारा नगर कमिटीको अधिवेशनस्थलमा राखिएका गाडीमा ०८० असोज २५ गते दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले तोडफोड गरेको पीडित पक्षको आरोप छ ।

दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले बा ११ च २४५१, बा १३ च ७५६३, मे १ च ५७८३, प्रदेश १०४–००१ च ०१६२–४, बा १८ च १७६८ र बा १६ च ८७९९ नम्वरको गाडीमा तोडफोड गरिदिएको पीडित पक्षको आरोप छ ।

Photo-202301012-Jhapa-6

तोडफोडबाट गाडीको अगाडि र पछाडीको भागका सिसामा क्षति पुगेको छ ।

एमाले नेता महेश बस्नेत राष्ट्रिय युवा संघ नेपाल, अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागी हुने भएपछि दुर्गा प्रसाईका समर्थक र पहिचानवादीले अधिवेशन नगर्न चेतावनी दिएको थियो ।

गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका समर्थक विक्रम सुब्बालाई अनुसन्धानका लागि गिरफ्तार गरेको  छ ।

नेकपा एमालेका कार्यकर्ताले ०८० असोज २३ गते दुर्गा प्रसाईलाई मोसो दलेपछि विरोधमा गाडीमा तोडफोड गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।