बेलबारीः पूर्व पश्चिम राजमार्गको पथरीशनिश्चरेमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान गएको छ ।
पथरी शनिश्चरे नगरपालिका–१ हरियाली वन अगाडि को १ प ८१७१ नम्बरको मोटरसाइकल र साइकल ठक्कर खाँदा कानेपोखरी गाउँपालिका–४ हरकपुर बस्ने ४० वर्षीय सूर्यबहादुर भट्टराई घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उपचारको क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकल चालक उर्लाबारी नगरपालिका–२ सुनझोडका २० वर्षीय गगन थापा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।