इलामः इलाम सदरमुकाममा रहेकोे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा जेठ यता आइतबार विहान विमान अवतरण भएको छ । काठमाडौंवाट ५ जना यात्रु लिएर आएको नेपाल एयरलाइन्सको टुुइनएटर विमानले इलामवाट एक जना यात्रु लिएर फिरेको हो ।

इलामवाट ८७ बर्षिय तेजप्रसाद भट्टराई एक्लै काठमाडौं उडेका हुन् । उपचारका लागि काठमाडौ हिडेका भट्टराई आइतबार बिहानै बिमानस्थल पुगेका थिए । दुई छोरा साथमा लिएर बिमानस्थल पुगेका उनी काठमाडौ जाने यात्रुका रुपमा एकै बने ।

जेठो छोराको घरमा जाने तयारी गरेका बुबालाई बिमानस्थल सम्म पुर्याएउन पुगेका उनका कान्छा छोरा पकज भट्टराईले नयाँ बुलन्द संग भने , “बुबालाई लाई काठमाडौ जान हवाई जहाज चडाउन गएको थिए तर उक्त जहाँजमा त बुबा मात्र यात्रु हुनुहुदो रहेछ । संयोगले हो या अरु केही भएर हो । अरु कोहि नभएपछी पाईलटको साथ लगाएर बुबालाई पठायौ, करिब १ घन्टामा काठमाडौ पुग्नु भयो उहाँ ठूलो दादाले बुबालाई रिसिभ गर्न बिमानस्थसम्म आउनुभएको थियो ।”

प्रत्येक बिहीबार इलाम–काठमाडौ उडान गर्दै आएको नेपाल एयरलाइन्सले गत जेठ २२ गते यता इलाम उडान गरेको थिएन । असोज लागेपछि नै नियमित उडान सञ्चालन हुने भनिए पनि मौसमको कारण देखाउदै विमान आएको थिएन । विमान नियमित नआएकै कारण यात्रुुहरु नभएका हुन् । पुर्ण रुपमा बिमानस्थल निमार्ण सम्पन्न नभईसकेको र बिमानस्थल भएको स्थानको मौसम बर्खायाममा खराब हुने भएकाले पनि उडान भर्न समस्या हुने गरेको नागरिक उड्यन प्राधिकरणको भनाई छ ।

सुरुवाती समयमा इलाम नगरपालिकाले तारा एयरसँग सहकार्य गर्दै लगानीसमेत गरेर विमान सञ्चालन गरेको थियो । पछि नेपाल एयरलाइन्सले उडान थालेको हो ।

यो बिमानस्थलमा तारा एयरको ट्विनअटर जाहाजले कच्ची धावनमार्गमा ०७५ जेठ २१ मा परीक्षण उडान गरेको थियो । ०७८ माघ २६ गते नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयहरू नियमित उडान नहुदा निराश छन् । ३ सय २८ रोपनी जमिन लिएर निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो ।

विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावनमार्ग निर्माण पूरा भएको हो । बिमानस्थलमा अझै टर्मिनल भवन, बिमानस्थल सम्म पुग्ने पककी सडक लगायतका संरचना निमार्ण गर्न बाकी छ ।

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे भएको छ । स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका २८ करोड रुपैयाँ भन्दा धेरै खर्च भएको छ ।

विमानस्थल सञ्चालनमा आएमा इलामसँगै पाँचथर, तेहथुम सहित भारतको दार्जेलिङका नागरिकहरूले सेवा पाउन अपेक्षा छ । साथै यस क्षेत्रको पर्यटकीय गतिविधिमा पनि सुधार हुने स्थानीय वताउछन् ।