न्युयोर्कः न्युयोर्क, क्विन्सको साउथ ओजन पार्कबाट एक जना नेपाली आमा बेपत्ता भएकी छन ।  

अक्टोबर १३,२०२३ शुक्रबार बिहान ८:०० बजे तिर साउथ ओजन पार्क स्थित छोरी ज्वाईको घर १०९-५३ लेफर्ट्स ब्लुभर्डबाट घर नजिकैको पब्लिक स्कुल १०० (PS100) क्षेत्रमा मर्निंग वाल्कमा निस्कनु भएको आमा घर फर्कने क्रममा हराएकी हुन ।

उमेर ६८ बर्ष, निर्मला मैनाली नामकी नेपाली आमा हराएकी हुन ।। १७ बर्ष अघि अमेरिका आउनु भएकी आमा केही बर्ष जेठी छोरी ज्वाईको घर भर्जिनियामा १० बर्षको बसाई पछी अर्कन्सास, लिट्टलरकमा छोरा निशब मैनाली र उनको  परिबार संगै ७ बर्ष देखि बसोबास गर्दै आउनु भएकी आमा न्युयोर्क ३ दिन पहिले मात्र कान्छी छोरी, ज्वाई र नातिनतिनालाई भेटघाट गर्न आउनु भएको कुरा ज्वाई सन्तोष पराजुलीले बताए । 

बिहान ८:०० बजे मर्निंग वाल्क जान्छु भनि निस्कनु भएपछी बेलुकाको ४:०० बजे सम्म पनि घर नफर्किएपछि ज्वाईले खोजी कार्य गरेका हुन । । खोजि कार्य गर्नेक्रममा स्थानिय प्रहरी प्रशासन, अस्पताल र सार्बजनिक सहयोग कक्षहरु समक्ष पनि जानकारी गराईसकेको  ज्वाई सन्तोषले जानकारी   गराए । 

तस्बिरमा देखिएको आमा तपाईहरुले पनि कहिकतै देख्नुभएमा उहॅालाई सुरक्षित उद्दार गरी मनिक्षा मैनाली वा संतोष पराजुली (347) 771-0057, भरत पुरी 347.586.7127 वा सुमन राउतलाई (929) 302-9866 सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ ।