इटहरीः आज पौष कृष्ण अमावस्या अर्थात् पौषे औंसी । आज विभिन्न तीर्थस्थलमा गई वैदिक सनातन धर्मावलम्बीले पितृलाई स्मरण गरी श्राद्ध तथा दान गर्ने गर्छन् ।
वैदिक धर्मशास्त्रका विभिन्न ग्रन्थमा आज कुनै नदी उत्तरवाहिनी भएको स्थान, गया, पवित्र तीर्थस्थलमा गई तर्पण, सिदादान र पिण्डदान गरेमा पितृतृप्ति हुने उल्लेख गरिएको छ ।
आज सुनसरीको विष्णुपादुकामा पूर्वी क्षेत्रका हजारौं व्यक्ति गई पितृको नाममा श्राद्ध, पिण्डदान, सहयोग गर्ने गर्दछन् ।