ओखलढुङ्गाः बालविवाह गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ ।
बालविवाहको आरोपमा ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाका १६ वर्षीय उत्तम खत्री र स्थानीय १८ वर्षीया एक किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खत्री ज्ञानप्रकाश मावि घोराखोरीमा कक्षा १० मा र किशोरी कक्षा ९ मा अध्ययनरत छिन् । उनीहरूले बालविवाह गरेको भन्दै चम्पादेवी–७ का वडाध्यक्ष सुरेश थापाले जिल्ला प्रहरी कार्यालयमा सूचना दिएका थिए ।
तोकेको भन्दा कम उमेरमा विवाह गरेको भन्ने सूचनाका आधारमा उनीहरू दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । ओखलढुङ्गाामा ५० प्रतिशतभन्दा बढी बालविवाह हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।