इलामः  इलाम दूधमा आत्म निर्भर बनेको आठ वर्ष भन्दा धेरै भइसक्यो । किसान दूध बेचेरै घर परिवार पाल्ने र छोरा छोरी पढाउने सपना बोकेर दिन रात दुख गरिरहेको छन । इलामका ग्रामीण भेगमा अहिले पनि दूध बोक्ने घोडा प्रसस्तै भेटिन्छन ।

यहाँका किसानले उत्पादन गरेको दूध बाट विभिन्न परिकार बन्दै विश्वबजार चारीरहेका छन तर दूध उत्पादन गर्ने किसान भने आफूले बेचेको दूधको मूल्य नपाएर दशैको मूखमा भौतारीरहेका छन । वर्षदिनमा आउने चाड दसै घर आँगनमा भित्रिसक्दा पनी दूध किसानका गोजी खाली छन । घर परिवार चलाउँदै चाड बाडको मुखमा दुईचार पैसा पाईन्छ कि भन्ने आशमा दिन रात दुख गरेका किसान दसैको मुखमा आफूले दूध बेचेर पाउने हिसाव बाहेक पैसा पाउन नसके पछि दसै को रौनक आउन सकेको छैन ।

गाउँका धेरै जसो ठाउमा दूध डेरी पनि सञ्चालनमा छन । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिइरहेका छन । इलाममा उत्पादित दूधमध्ये २० प्रतिशत विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत जिल्ला बाहिर निकासी हुने गर्दछ । तर, दुग्ध विकास संस्थानले किसानबाट लगेको दूधको भुक्तानी नगर्दा दसैको मूखमा किसान निरास बन्न थालेका छन । गत मध्य चैत यता ४४ लाख ८० हजार लिटर दूधको भुक्तानी किसानले पाउने हिसाब देखिएको छ तर अहिेसम्म पाउँने छाँट छैन ।

दूध बेचेका जिल्लाका किसानको मूल्य पाउनमात्रै दुई करोड ३० लाख हाराहारी रहेको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेमप्रसाद कट्टेल बताउँछन । इलामका सात वटा चिस्यान केन्द्रबाट दैनिक पाँच हजार दुई सय लिटर दूध विराटनगरस्थित दुग्ध वितरण आयोजनामा जाने गरेको छ  । किसानले उत्पादन गरेको दूध दैनिक जिल्लाबाहिर जाने गरेको भए पनि समयमा पैसा नआउँदा किसान डेढ वर्ष यता डिडिसी मार खेप्न बाध्य छन । एक बेला इलामबाट विराटनगर वितरण आयोजनामा ७५ प्रतिशतसम्म दूध जाने गरेको भएपनि समयमा पैसा दिन नसके पछि किसानले डिडिसिलाई दूधध बेच्न छाडेका छन । इलामको बिब्ल्याँटे, पुवाखोल, शान्तिडाँडा, लक्ष्मीपुर, तीनघरे, फिक्कल र हर्कटेमा दुग्ध चिस्यान केन्द्र छन । पछिल्लो समय समयमा पैसा पाउन छाडेपछी केही किसानले मात्र संस्थानलाई दूध बिक्री गर्ने गरेको पाईन्छ ।

दूधको मूल्य बढ्दै गर्दा किसानमा छाएको खुसी दसैको मूखमा पनि पैसा नपाएपछि दूध किसानका लागि यो दसै खल्लो बन्न थालेको छ । इलामको सूर्योदय नगरपालिका १२ का आचार्य पशुपालन कृषि तथा डेरी फर्मका सञ्चालक तीर्थ आचार्यले दुग्ध वितरण आयोजनाले असार देखिको २५ लाख रुपैयाँ भुक्तानी नदिएपछि भदौ ७ बाट दूध दिन बन्द गरेको बताउछन । दुग्ध वितरण आयोजनाले दूधको पैसा नदिँदा दूध दिनलाई बन्दगर्न बाध्य भएको भन्दै आचार्यले, ‘गाई–बस्तुलाई दाना खुवाउन र किसानबाट संकलित दूधको भुक्तानी दिन दसैं लक्षित गरी घिउ र छुर्पी उत्पादन थालेको बताए ।

सरकारले दूधको मूल्य बढाएपछि दूध र दुग्धपदार्थको बिक्री घट्दै गएको किसानको गुनासो छ । ‘मूल्य वृद्धि अगाडि सात सय ५० रुपैयाँमा प्रतिकिलो घिउ र १ हजार ५० रुपैयाँमा बेच्दै आएको छुर्पीको मूल्यवृद्धि भएर प्रतिकिलो १५० थपेर उपभोक्ता र व्यापारीलाई बेच्नुपर्ने बाध्ता छ । जिल्लामा दूधको उत्पादन पनि बढेको छ  तर खपत हुन नसकेकाले दूध उत्पादक किसान चर्को समस्या झेल्न बाध्य रहेको आचार्यको भनाइ छ ।

दुग्ध वितरण आयोजना विराटनगरका गत वर्षको साउन र भदौमा ७ लाख २० हजार सात सय ३७ लिटर दूध संकलन भएको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा १३ लाख ६१ हजार नौ सय ३६ लिटर दूध संकलन भएको छ  । आयोजनाले गत वर्ष संकलन गरेको ७० लाख ४५ हजार दुइ सय ४४ लिटर दूधबाट दूध, दही, पनिर, आइसक्रिम, फ्रेस मिल्क बिक्री गरिएको थियो । बाँकी दूधबाट तीन लाख १६ हजार ३ किलो पाउडर दूध उत्पादन गर्न बाध्य भएको थियो ।

मखन १ लाख ६९ हजार पाँच सय ८५ किलो र घिउ ९६ हजार तीन सय ५५ किलो उत्पादन गरेको आयोजनाको तथ्यांक छ । चालु आर्थिक वर्षमा पाउडर दूध ५० हजार १५० किलो, मखन ५० हजार ९४३ र घिउ ५ हजार ९३९ किलो उत्पादन भएको छ । आयोजनामा उत्पादित पाउडर दूध २८ हजार किलो, मखन ७५ हजार किलो र घिउ ६ हजार ५ सय किलो आयोजनाको गोदाम अनि बाँकी हेटौंडा र काठमाडौंको गोदाममा पठाएको संस्थाले जनाएको छ ।राजधानीबाट