बेलबारीः सङ्घीय प्रतिनिधिसभाकी उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले नेपालको संविधानले अपाङ्गहरूलाई समेटेको हुनाले अब नेत्रहीनहरूलाई उच्च शिक्षासम्म पढ्ने वातावरण सरकारले बनाउनुपर्ने बताएकी छिन् ।
देश विकासले फड्को मार्न ३ वटै तहको सरकारको आभाष जनताले पाउनुपर्ने बताएकी छिन् ।
नेत्रहीन सङ्घ मोरङको १७ औँ साधारणसभाको उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले यस्तो बताएकी हुन् । नेपालको संविधानले सबै जाति, धर्म, लिङ्ग र समुदायलाई समेटेको उनले बताइन् ।
‘जनतालाई विकास चाहिएको छ’, तुम्बाहाम्फेले भनिन्, ‘तीन वटै सरकारले गर्न चाहे भने विकास पनि हुन्छ ।’