इटहरीः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गरेका छन ।  

आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्तुत गर्नुको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिन । 

कुल ९३ सांसद रहेको प्रदेशसभामा ९१ जना सांसद उपस्थित हुनुभएको जानकारी दिदै उपसभामुख दनुवारले विश्वासको मतको पक्षमा ८६ मत, विपक्षमा ५ मत परेको जानकारी सभालाई दिइन ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभालाई जानकारी गराइन । 

यही असोज २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। काँग्रेस माओवादी गठबन्धनले नेकपा माओवादी केन्द्रमा संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि कार्कीले नेकपा एमालेको साथ लिएर मुख्यमन्त्री नियुक्त भएका थिए।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ , राप्रपाका छ, समाजवादीका चार र जसपाका एक जना सांसद रहेका छन् ।