भोजपुरः अब भोजपुरबाट काठमाडौँ साताका सबै दिन उडान हुने भएको छ ।
यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडाँै उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार आज शनिबारदेखि नै उडान हुने कार्यालयले जनाएको छ ।
त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन विराटनगर उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।