बराहक्षेत्रः कोशी टप्पु आसपासका सिमसार क्षेत्रमा पाइने जलपन्छिको गणना आजबाट सुरु गरिएको छ । सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोशीटप्पु र यसका आसपासका इलाकामा जलपक्षी (पानी चरा) को गणना शुरु भएको हो ।

कोशी पन्छि समाज, हिमाली प्रकृति,नेपाल पन्छी विद्द संघ र कोशी टप्पु बन्यजन्तु आरक्षको अगुवाइमा शुरु भएको गणना कार्यअन्तर्गत आजदेखि सुरु गरिएको छ। पहिलो दिन शनिवार चतराको सप्तकोसी नदि देखि कोशी टाप्पु बन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुर सम्म गणना सुरु गरिएको छ ।

चराको वास्तविक अवस्था पत्ता लगाइ यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गराउने उदेश्यले स्थानीय कोशी पन्छि समाजका स्वयंसेवी युवाहरुले चरा गणना सुरु गरेका हुन् ।

chara koshi tappau, pradeshportal

सुनसरीको चतराबाट सुरु गरिएको चरा गणना कोशीटप्पु आसपासका क्षेत्रहरुमा ५ दिन सम्म चल्ने कोशी पन्छी समाजका सहसचिव तथा पुर्बी नेपाल जलपन्छि गणना टोलिका संम्योजक सन्जिब आचार्यले  जानकारी दिए ।

कोशीटप्पुका आसपासका क्षेत्रमा चराको क्षेत्रमा काम गर्दै आएका २० जना स्थानीय स्वयंसेवकहरुले चराको गणना गर्ने छन् । डुंगा, जिप सफारी,पैदल गरि गणनाको काम ५ दिन सम्म चल्ने छ ।

कोशी पन्छी समाजले स्वयसेवि रुपमा आरक्ष र प्रकृति सग काम गर्ने संघसंस्थासँग सहकार्य गरेर पाहुना चराहरू केकति आउँछन् भन्ने जानकारी लिन बिगत ७ वर्ष देखि पानी चरा गणना गर्दै आएको छ ।

तस्बिरः गुरू ढकाल