झापाः लागूऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पत्तिलाई विशेष सूचनाको आधारमा प्रहरीले २४ दशमलव ७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।

प्रहरीले थप अनुसन्धानका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेको जनाएको छ ।