झापाः पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा भएको सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई मे १ ख १९५७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका लामिछानेलाई उपचारका लागि प्रहरीले आम्दा अस्पताल दमक लगेको थियो । अस्पताल पु¥याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
लामिछानेलाई ठक्कर दिने ट्रक र ट्रकका चालक पाँचथरको भारपा बस्ने ३२ वर्षीय निर्मल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।