दुहबीः सुनसरीको दुहबीमा समुदाय– प्रहरी साझेदारीको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

दुहबी–५ मा रहेको सरस्वती माविको खेल मैदानमा शनिबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले दुहबी अस्तव्यस्त रहेको बताए । बजार व्यवस्थापन गर्नुपर्ने, घरेलु मदिरा नियन्त्रण गर्नुपर्ने, जुवातास खेल्नेलाई कडा कारवाही गर्नुपर्नेलगायतका माग राखेका थिए ।

सडकमा ड्रेनको राम्रो व्यवस्था नभएको केही वडामा खानेपानीको राम्रो व्यवस्था नभएको स्थानीयको गुनासो थियो । समुदाय– प्रहरी पालिका समिति दुहबी र इलाका प्रहरी कार्यालय दुहबीको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथि दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले स्थानीयले उठाएका सवालको जवाफ दिएका थिए ।

ss (1)