दुर्गा उप्रेती

धार्मिक, प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण दोलखा जिल्लाको कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्ने अवसर नेपालको यात्रामा रहेका बेला यसपालिको दशै लगत्तै प्राप्त भयो ।  कालिञ्चोक गाउँपालिकामा रहेको भगवतीको मन्दिर समुद्री सतहबाट तीन हजार ८ सय ४२ मिटर उचाइमा रहेको छ ।  विशेषगरी पुस, माघ र फागुनमा हिउँपर्ने भएकाले कालिञ्चोकको सौन्दर्य थप मनोरम बन्छ । 

गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने मनमोहक प्राकृतिक सौन्दर्यकै कारण केही वर्षदेखि कालिञ्चोक भगवती हिन्दु धर्मावलम्बीका लागि एक प्रसिद्ध तीर्थ स्थलको रूपमा विकास हुँदै गएको पाईयो ।  मन्दिर क्षेत्रलाई दुई नदीहरू सुनकोसी र तामाकोसीको मिलनबिन्दुले थप रमणीय बनाएको यहाँ आउने जो कोहीले सहजै अनुभुत गर्न सक्छ । 

कालिञ्चोकको प्रमुख आकर्षण कालिञ्चोक भगवती तीर्थ नै हो । कालिञ्चोकमा सबैभन्दा उच्च बिन्दुमा रहेको ठाडो पहाडको माथि कालिञ्चोक भगवतीको मन्दिर छ ।  त्यहाँ आफैँ उत्पन्न भएको शिव–पार्वती कुण्ड मन्दिरको प्रमुख विशेषता हो ।  यो ठाउँमा लेक लाग्ने भएकाले धार्मिक पर्यटकहरुले पहिले नै तयारी भएर जानुपर्छ। किंवदन्ती अनुसार, जलकुण्डको दायाँतिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धाराबाट सुनकोसी बगेको मानिन्छ।

805eecaf-a114-43da-b3e0-392f94b16349

यस क्षेत्रमा भेडागोठ रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडा जम्मा भएर बस्ने र ढुंगा चाट्ने क्रममा जलकुण्ड देखिएको जनविश्वास छ । कालिलञ्चोक भगवतीको दर्शनले मनोकांक्षा पूरा हुने, निरोगी हुने, परिवारमा सुख–समृद्धि हुने, शत्रु पराजित हुने जनविश्वास रहीआएको छ।

यसरी पुग्ने कालिञ्चोक

काठमाडौंबाट कालिञ्चोकको तल्लो फेँदी पुग्न गाडीमा करिब पाँच घण्टा लाग्छ । काठमाडौबाट करिब १५० किलोमिटर दुरीमा कुरी बजार रहेको छ ।  कुरीबजारबाट पाँच मिनेटको केबलकार यात्रा पछि मन्दिर नजिक पुगिन्छ ।  केबलकारबाट ओर्लेपछि करिब २५ मिनेट ठाडो उक्कालो लागेपछि बल्ल कालिञ्चोक भगवतीको मन्दिर पुगिन्छ । केबलकारबाट उत्रिएपछि हिड्नु पर्ने ठाँडो उक्कालो मार्गका बिभिन्न स्थानमा स्थानीयले धार्मिक पर्यटकहरुलाई लेक लाग्न सक्ने भएकाले कालो चिया, अदुवा,तातो पानी लगायतका बिभिन्न जडिबुटीहरुको सुविधा सहुलियत मुल्यमा उपलब्ध गराउछन ।  फर्कदा मन्दिरको दायाँ तर्फबाट एकदमै ठाँडो उकालोबाट ओरालो झर्नु पर्छ । मन्दिर जाने र आउने मार्ग फरक छ ।  अहिले केबलकारको भाडा तीन देखि पाँच सय रूपैयाँ छ ।  विदेशीले भने कबिर एक हजार रूपैयाँ तिर्नुपर्छ ।  बालबालिका, ज्येष्ठ नागरिक र अपांगतालाई २५ प्रतिशत छुटको व्यवस्था छ । केबलकार चढ्न नचाहानेले पदमार्ग मार्फत पनि यो मन्दिर पुग्न सक्छन । 

ee9e005d-9da6-4445-9ca8-4f6e21e59a59

कालिञ्चोक भगवती मन्दिर दर्शन गरेपछि दोलखा भिमसेन मन्दिरको अनिर्वाय दर्शन गर्नु पर्ने मान्यता रहेकाले धार्मिक पर्यटकहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन लगत्तै दोलखा भिमसेन मन्दिरको दर्शन गर्न जाने गरेका छन् । त्यसपछि मात्रै धार्मिक पर्यटकहरु चरिकोट बजार आउछन र आफुलाई मन पर्ने ताजा, आर्गेनिक बिभिन्न परिकारहरु खाने गर्दछन । 

दोलखाको चरिकोट बजारको उत्तरपूर्व १८ किलोमिटर सडक पार गरेपछि कुरी बजार पुगिन्छ। यो बजार ज्याँदै नै सुन्दर र मनोमोहक छ ।  काठमाडौंदेखि कालिञ्चोक भगवतीको दर्शन गर्न भक्तजनहरू कुरीबाट केबलकार नचढी पनि भगवतीको मन्दिरसम्म पुग्न सकिन्छ ।  यति मात्र होइन, त्यहाँ पुग्ने पर्यटकले विश्वकै प्रसिद्ध हिमालहरू गौरीशंकर, दोर्जे–लाक्पा, लाङटाङ, लिरुङ लगायतको मनमोहक दृश्य क्यामेरामा सजिलै कैद गर्न सक्छन् । यी हिमाल त्यहाँ पुग्ने पर्यटकहरुलाई थप आकर्षक मानिन्छन । 

44647e86-1672-40f8-98af-ce1a5d717efc

पुसदेखि फागुनसम्म हिमपात हुने भएकाले यो मन्दिर दर्शन गर्न त्यती सहज हुँदैन । तर हिउँ खेल्न र क्याम्प फायरको मज्जा लिन पर्यटकहरुको कुरी बजारमा निकै नै भीड लाग्ने गर्दछ ।   चैत, वैशाख र जेठमा भने आफ्नै महत्व छ। यतिबेला हरियाली हुन्छ, लालीगुराँस लगायत फूल फुल्छन् । असार, साउन र भदौमा अलि गर्मी हुने भएकाले याक, चौँरी चरण गरिरहेको देख्दा क्यामेरामा कैद गर्न जो–कोही पनि आतुर हुन्छन् । यसैगरी असोज, कात्तिक र मंसिर चाडबाडको महिना हो। वातावरण खुलेको हुन्छ ।  यहाँ आउने सबैले प्राकृतिक सौन्दर्यतालाई नजिकबाट नियालेर रमाइलो मान्छन् ।  विशेषगरी जनै पूर्णिमाका दिन ठूलो मेला लाग्ने यस क्षेत्रमा बडा दशैंमा देवीको दर्शन गर्न निकै भीड हुन्छ। यति बेला पदमचाल, सुनपाती जस्ता अति महत्वपूर्ण जडिबुटी पनि पाउन सकिन्छ । 

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ । 

e689c625-a619-426f-9834-59e931d44dca

धर्मप्रति आस्थावान भएर पूजा आराधना गरी कालिञ्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले भगवतीको दर्शन गर्न श्रद्धालु भक्तजन जाने गरेको बताइन्छ । 

तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिञ्चोक हो । यहाँ जनैपूर्णमा, कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठुलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धनसम्पत्ति, विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । 

ढुंगामा कुदेर बनाइएको भगवतीको मुर्ति दर्शन गर्न पाहिन्छ ।  बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिञ्चोक भगवती भनी पुज्ने गर्दछन् । 

चरीकोटबाट करिब एक दुई घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । देउरालीमा ३÷४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।घना जंगलको बाटोमा भालु, चितुवा, बाँदर ढेडु जस्ता वन्य जन्तुपनि देख्न सकिन्छ । 

3289f625-ffd7-402f-9a50-68b38359a72b

यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान ५र ६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ । 

हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ । 

                                                                     मेलर्वन ,अष्ट्रेलिया