फिक्कलः जापान सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सूर्योदय नगरपालिका ७ को गोगनेमा रहेको प्रसुति गृहको सुक्रबार उद्घाटन गर्दै  नगरपालिकालाई हस्तान्तरण गरीएको छ ।   

नेपालका लागि जापानका राजदुत किकुता युताकाले निर्माण सम्पन्न भई संचालनमा आएको प्रसुति गृह तथा आधाभूत स्वास्थ्य कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख रणबहादुर राईलाई हस्तान्तरण गरेका हुन   । 

बिपन्न लाप्चा समुदायको बसोबास रहेको गोगनेमा जापान सरकार , सूर्योदय नगरपालिका  र स्थानीय उपभोक्ताको लागत साझेदारीमा निर्माण सम्पन्न भएको प्रसुति गृह आधुनिक तथा सुविधा सम्पन्न भएको नगरले जनाएको छ । प्रसुति गृह हस्तान्तरण गर्दै राजदुत युताकाले ग्रामिण क्षेत्रमा निर्माण भएको प्रसुति गृहले बिपन्न समुदायलाई फाईदा पुग्ने बताए । 

उनले जापान सरकारले नेपालका ग्रामिण क्षेत्रमा स्र्वसुलभ स्वास्थ्य पहुँच पु¥र्याउनका लागि काम गरीरहेको जानकारी दिए । उनले स्वास्थ्य सेवा ग्रामिण क्षेत्रमा पु¥र्याउन पाएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

401083063_24167547782894012_7594901450466039700_n

प्रसुति गृहमा सुविधा सम्पन्न भवन निर्माण गरी वेबी वार्मर, सक्सन मेसिन, रेडिएसन मेसिन , अप्रेसन टेवल, डेलीबरी बेड, बिरामी बेड, सहित प्रसुति गृह सहितको आधाभूत स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने सबै उपकरण जडान गरीएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रविन खत्रीले जानकारी दिए । यी सामग्री जापान सरकारले राजदुताबास मार्फत दिएको २० लाख रुपियाँ सहयोगमा खरिद गरीएको उनले जानकारी दिए । 

जापान सरकारको ७२ लाख , सूर्योदय नगरपालिकाको ६४ लाख  , उपभोक्ताबाट ४ लाख २८ हजार र १० प्रतिशत जनश्रमबाट ७ लाख ८८ हजार  र पाँच प्रतिशत स्थानीय स्रोतबाट ३ लाख ९४ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको नगरका इन्जिनियर कविन सापकोटाले जानकारी दिए । 

प्रसुति गृह हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले लाप्चा समुदायको बसोबास रहेको क्षेत्रमा प्रसुति गृह निर्माण बिपन्न समुदायलाई धाएर प्रसुति गराउन जानु पर्ने बाध्यता हटेको बताए । उनले भने जापान सरकारले गरेको यो सहयोगले हाम्रा नागरिकले घरदैलोमै सुविधा सम्पन्न तरीकाले स्वास्थ्य सेवा पाएका छन् ।’ उनले प्रसुति गृह निर्माणले पाँचसय घरपरिवारलाई फाईदा पुगेको जानकारी दिए । उक्त प्रसुति गृह निर्माण पछि पाँच सय बढीले उक्त केन्द्रबाट सेवा लिई सकेका छन् । 

400884896_874265907558878_7049434759828581090_n

भवन निर्माणका लागि स्थानीय लोकनाथ खड्काले निशुल्क पाँच रोपनी जमिन उपलब्ध गराएको वडा नं.७ का वडाध्यक्ष लोक बहादुर राईले जानकारी दिए । 

नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले प्रसुति गृहमा आवश्यक स्वास्थ्यकर्मीको ब्यवस्थापन गर्दै थप सुविधा सम्पन्न बनाईने जानकारी दिए । उनले प्रसुति गृह सम्म पुग्ने सुविधा सम्पन्न सडक लगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरीने जानकारी दिए । ७ नं. वडाका वडाध्यक्ष लोक बहादुर राईले स्वागत मन्तब्य राखेका थिए ।  कार्यक्रममा लाप्चा जातीको संस्कृति झल्कने नृत्य प्रस्तु गरीएको थियो । 

403651245_1452185292007718_528073972101312396_n

प्रसुति गृह निर्माण भए पछि उक्त क्षेत्रमा बसोबास गर्दै आएका लोपउन्मुख लाप्चा सहित सबै समुदायको टाढाका अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । 

उक्त टोलीसंग नगरमा बिकास निर्माण सहित आगामी सहकार्य बारे राजदुत र नगर प्रमुखको लामो छलफल समेत भएको थियो ।