इनरुवाः सुनसरीको रामधुनी नगरपालिका–५ मा हिजो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे–२ का रमेश क्षेत्री रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को २० प ९१६२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो । साइकललाई ठक्कर दिएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको को १ ज २४१५ नम्बरको म्याजिक भ्यानमा ठोक्किएको थियो ।
मोटरसाइकलमा सवार काभ्रे–२ का रमेश क्षेत्रीको म्याजिकमा ठोक्किएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । साइकलमा सवार इनरुवा–५ बलाहाका नासुराम चौधरीको उपचार भइरहेको जनाइएको छ ।