धनकुटाः  धनकुटा नगरपालिकाले भोलि र पर्सि नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

    मुख्यगरी धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएका छौं,’ मेयर तामाङले भने, ‘यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौं ।’

Notice

    बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगर क्षेत्र भित्रका नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउँने गरेका छन् ।